सुनकोशी गाउपालिका–५ मुल्कोटमा निर्माणाधिन शीतभण्डारणको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश सरकारको ५ करोड ३० लाख रुपैयाँ, सुनकोशी गाउँपालिकाको २ करोड र मुकुटेश्वरी बहुउदेश्यीय कृषि सहकारी संस्थाको १० प्रतिशत लागतमा शीतभण्डार निर्माण भएको हो ।
निर्माण कार्य अन्तिम...
सिन्धुली/कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले रोग किराले क्षति गरेका नगरक्षेत्रका धानवालीको स्थलगत अनुगमन गरेकाछन् । सन्देश जनप्रिय साप्ताहिकले धानवालीमा रोगको प्रकोपः किसानहरु चिन्तित भन्दै गतांकमा समाचार लखेको थियो । समाचार प्रकाशनपछि नगरपालिकाको वडा नं ४ र ५ मा लगाएको...
नेकपा एमालेले दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिएको छ । हालैको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गराउन जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी) मा पार्टी विभजानका लागि ल्याइएको अध्यादेशबाट प्रभावित नहुन भनिएको...
बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । मुख्मन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गनुएभएको हो । नवगठित मन्त्रिपरिषद्मा डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै...
नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरपालिका वडा नं. ११ को भीरगाउँमा वडाभेलाले सोमवहादुर स्याङतानको अध्यक्षतामा टोल कमिटी गठन गरिएको छ । एमालेको केन्द्रीय सदस्य उमादेवी कोइरालाको प्रमुख आतिथ्यतामा टोल कमिटी गठन गरिएको हो ।
कार्यक्रमलाई वाग्मती प्रदेशसभा सदस्य बिनोद...
नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले संसदले संसदीय मुल्य मान्यताअनुरुप काम गर्न नसकेको स्वीकार गर्दै चुनावमा जानुपर्ने बताउनु भएको छ । उहाँले तोकिएको समयमा १४औं महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताउनु भएको हो ।
कांग्रेस काठमाडौं महानगरपालिका २२ नम्बर...
पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल...
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधान न्यायाधीशको वहिर्गमनको माग राखेर सर्वोच्च अदालतमा भइरहेको हड्तालको विषय पार्टी बैठकमा प्रवेश हुनबाट रोकेका छन् ।
केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा नेताहरु डा. रामशरण महत र गगन थापाले न्यायपालिकामा भइरहेको घटनाक्रममा कांग्रेस...
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहमा आज माओवादी अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मले भाषण गर्नुभयो । तर, अनपेक्षितरुपमा सबैभन्दा बेसी चर्चा चाहिँ नेकपा मालेका महासचिव सीपी मैनालीको भाषणले पाएको छ । क्रान्तिकारी बिरासत बोकेका पुराना कम्युनिष्ट नेता हुनुहुन्छ...
कपा एमालेले १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको वरियता निर्धारण गरेको छ। चितवनमा सम्पन्न महाधिवेशनपछि बसेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले १९ जना पदाधिकारीको वरियता निर्धारण गरेको हो।
आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले वरिययता निर्धारण गरेको हो।
वरियताक्रम अनुसार अध्यक्ष केपी...












