आफ्ना मागहरु पुरा नगरिए सरकारका बिरुद्ध कठोर संघर्षका कार्यक्रमहरु सञ्चालन गर्छौंः अध्यक्ष बोहोरा

सिन्धुली/माध्यमिक विद्यालय शिक्षक यूनियन सिन्धुलीले आफ्ना मागहरु पुरा नगरिए सरकारका बिरुद्ध कठोर संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने चेतावनी दिएको छ ।
यूनियनले आज सिन्धुलीमाढीमा एक पत्रकार सम्मेलनको आयोजनागरी पहिलो चरणको भद्र आन्दोलनबाट आफ्ना मागहरु बारे सरकारले सुनुवाई नगरेको निश्कर्ष निकाल्दै अबको आन्दोलन निर्णायक हुने बताएको हो ।
पत्रकारसम्मेलनमा अध्यक्ष सन्तोषकुमार बोहोराले विगत ३० वर्षदेखी आफुहरु विभिन्न समस्याहरुमा जेलिएको र सेवा छोडेर घर फर्किंदा रित्तो हात फर्कनुपर्ने अबस्था आएको बताउँदै आफ्ना मागहरु पुरा गराउन सरकारसँग जोडदार माग गर्नुभयो । उहाँले अगाडि भन्नुभयोः हामीले अहिलेसम्म भद्र आन्दोलन गरिरहेका थियौं, तर सरकरले कुनै सुनुवाईनैं नगरेपछि बाध्य भएर कठोर संघर्षका कार्यक्रमहरु घोषणा गर्नुपर्ने अबस्थामा पुगेका छौं, त्यो आन्दोलन भनेको विद्यालय बन्दसम्म हुनसक्छ ।
यूनियनका केन्द्रीय सचिवसमेत रहनुभएका बोहोराले अन्य अस्थायी शिक्षक र कर्मचारीलाईझैं आफुहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी नियुक्ती गर्ने मार्ग प्रशस्त गर्न आग्रहगर्दे आन्दोलनबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी गठबन्धन सरकारले लिनुपर्ने बताउनुभयो ।
हामीले शिक्षा क्षेत्रलाई आन्दोलनको केन्द्र बनाउनु हुँदैन भनेर धेरै प्रयत्न ग¥यौं, तर हाम्रो सदासयतालाई सरकारले कमजोरी ठानिरहेकाले अबको आन्दोलनको स्वरुप फेरिनेसमेत उल्लेख गर्नुभयो ।्
स्मरणीय छ सिन्धुलीमा १ सय ३० उच्च मावि र ६१ माध्यमिक विद्यालय रहेकाछन् भने ८८ अनुदान र ४२ वटा दरबन्दी मात्रै रहेको छ ।