सिन्धुली संघिय क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएपछि संवाददाताहरसँग कुरागर्दे केन्द्रीय सदस्य मनोज जंग थापाले सुशासन, समृद्धि र विकासको आधार निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्तापछि निर्वाचन स्थलमै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले नेपाललाई लोकन्त्रातिक व्यवस्थाको माध्यमबाट सुखि नेपाली र समृद्ध नेपाल बनाउनका लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो । नेकपा एमालेको मुल नारा भनेको सुखि नेपाली र समृद्धि नेपाल बनाउने हो । त्यसका लागि सुशासन, विकास र समृद्धिको आवश्यकता पर्छ । नेपाललाई लोकन्त्रातिक व्यवस्थाको माध्यमबाट सुखि नेपाली र समृद्ध नेपाल बनाउनका लागि र सिन्धुलीमा सुशासन, समृद्धि, विकासको आधार निर्माण गर्नका लागि मैले उम्मेदवारी दिएको हुँ, थापाले भन्नुभयो ।
राष्ट्रियताको रुपमा सिन्धुलीबासीले अंग्रेज फौजसँग लडाइ लडेर बीरता कायम गरेको स्मरण गराउँदै उहाँले नेपालको लोकन्त्रातिक आन्दोलनमा सिन्धुलीले ठूलो योगदान पुर्याए पनि जिल्लाको विकासमा पछाडि परेको बताउनुभयो । सिन्धुलीको विकास नहुनुको मुख्य कारण भनेको विगतका प्रतिनिधिसभाका सासंदहरुले जिल्लाबासीलाई झुटो आश्वासन दिए । विगतका गलत कामलाई सुधारगर्दै सिन्धुलीलाई पाँच प को सिद्धान्त (पानी, पर्यटन, पुर्वधार, परिश्रम र परिवार ) जोडेर विकासको नयाँ आधार बनाइछाड्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले अगाडि भन्नुभयो: सामाजिक क्षेत्रमा महिला, दलित, उत्पीडित क्षेत्र, उत्पीडित जातीका समस्याहरुलाई प्रमुखताका साथ सम्बोधन गर्ने र कमलामाई नगरपालिकामा औद्योगिक क्षेत्रको विकास र विस्तार गर्ने बृहत्तर योनजा आफुले बनाएको बताउनुभयो । उहाँले भन्नुभयो: कमलामाई नगरपालिका भित्र अत्याधुनिक औषधि उत्पादन गर्ने उद्योग र औद्योगिक ग्राम स्थापना गरेर बार्षिक ३० देखि ५० करोड आम्दानी हुने व्यवस्था गर्न सकिने उहाँले खुलासा गर्नुभयो । यसबाट विदेशिएका हजारौं युवाले सिन्धुलीमैं रोजगार पाउनेछन् । उहाँले एमालेले जिते मात्र सिन्धुलीमा विकासको बाटो खुल्ने, सुशासन कायम हुने, भष्ट्रचारको अन्त्य र समृद्धिको आधार बन्ने विश्वास व्यक्त गर्नुभयो ।
२०२५ सालमा सिन्धुलीको कमलामाई नगरपालिका ५ मा जन्मनुभएका थापाले कमला उच्च माध्यमिक विद्यालयबाट एसएलसि उत्तिर्ण गर्नुभएको थियो भने भारतमा सिभिल इन्जिनियरिङमा स्नातक गर्नुभएको छ । उहाँले सूचना प्रविधिको दर्शनशास्त्रीय पक्षको समेत अध्ययन गर्नुभएको छ ।
नेकपा एमालेको बुद्धिजिवि परिषदको केन्द्रिय इन्चार्ज समेत रहनुभएका थापाले पार्टी नेतृत्वलाई देशका मुख्य मुद्धाहरुमा राय, सुझाव दिदैँ आउनुभएको छ । पार्टीको माथिल्ला तहको कार्यसम्पादनमा सक्रिय देखिनुभएका थापा पहिलो पटक निर्वाचनमा होमिदैँ हुनुहुन्छ ।
तत्कालिन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धलाई विदेश विभागको जिम्मेवारी सम्हाल्दै विश्भर भाइचारा सम्बन्ध स्थापितगर्दै जनसमर्थन बटुल्न सफल हुनुभएका थापा परराष्ट सम्बन्धमा निकै लामा अनुभव रहेको छ । नेपालका ठूला औद्योगिक घरानासँग निकै बलियो सम्बन्ध रहेका भनिएका थापाले जिते सिन्धुलीमा औद्योगिक ग्राम स्थापना हुने विश्वास गरिएको छ ।











