नेपाली कांग्रेसका दुई दर्जन कार्यकर्ता एमालेमा प्रवेशले दियो कमलामाईमा चुनाव जित्ने सन्देश

नेकपा एमाले कमलामाई नगरपालिकाको चुनावी अभियान अन्र्तगत वडा नम्बर १ मा भएको कार्यक्रममा दुई दर्जन बढी कांग्रेस कार्यकर्ताहरु नेकपा एपा एमालेमा प्रवेश गरेकाछन् । नेकपा एमाले वडा नम्बर एकद्धारा आयोजित चुनावी कार्यक्रममा सोही वडामा रहेका नेपाली कांग्रेसमा आवद्ध दुई दर्जन बढी कांग्रेस कार्यकर्ताहरु एमालेले बोकेको राजनैतिक एजेण्डा र चुनावी घोषणापत्रबाट प्रभावित भएर एमालेमा प्रवेश गरेको बताएका थिए ।
कार्यक्रममा एमालेका तर्फबाट कमलामाई नगरपालिकाका मेयर पदका उम्मेदवार महेन्द्रदेव श्रेष्ठ, उपमेयर पदका उम्मेदवार मञ्जु देवकोटा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा नब प्रवेशीहरुलाई नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य खड्गवहादुर खत्री, विनोद खड्कालगायतका नेताहरुले खादा र अविर लगाएर एमालेमा स्वागत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधनगर्दै कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीले फेरी पनि कमलामाई नगरपालिकामा एकालैकै सरकार बन्ने ठोकुवागर्दै पार्टी प्रवेश कार्यक्रमले सोह िकुराको सन्देश दिएको बताउनुभयो । उहाँले पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका महेन्द्रदेव देव श्रेष्ठ र मञ्जु देवकोटासहित सम्पूर्ण वडा सदस्यहरुलाई विजयी गराउन अपील पनि गर्नुभयो ।
कार्यक्रममा मेयर पदका उम्मेदवार महेन्द्रदेव श्रेष्ठले एमालेका तर्फबाट कमलामाई नगरपािलकामा थालिएका सबै राम्रा कामहरुलाई निरन्तरतादिंदै थप जनमुखी कामहरु गर्ने र पार्टीले घोषणापत्रमा उल्लेख गरेका कामहरुलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

May be an image of 9 people, people standing and people sitting
May be an image of 12 people, people sitting, people standing, outdoors and tree
May be an image of 12 people and people sitting
May be an image of 10 people, people sitting and outdoors