प्रधानमन्त्री बनेपछि माधव नेपालले प्रचण्डलाई भने: माहाधोकेवाज

Calves in a field.

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीका अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रण्चडलाई महाधोकेवाजको आरोप लगाउनु भएको छ ।

पार्टीका पदाधिकारी तथा उच्च नेताहरुको वैठकमा नेपालले प्रचण्डलाई महाधोकेवाज भन्नुभएको हो । माओवादीले सत्ता गठवन्धन छाडेपनि माधव भने कांग्रेसतिरै रहने अडानमा रहनुभएको थियो । तर माओवादीले गठबन्धन छाडेपछि माधवले यस्तो आरोप लगाउनु भएको हो ।

आज भएको पदाधिकारी वैठकमा गठवन्धनप्रति माओवादी कहिले पनि इमानदार नभएको भन्दै माधवले प्रचण्डप्रति निकै आक्रोश पोख्नुभयो । प्रचण्डले आफूहरुलाई धोका दिएको पनि नेपालको आरोप छ ।

‘प्रचण्ड माहाधोकेवाज हो, शेरबहादुरजीले यो कुरा पहिले नै बुझ्नुपर्थ्यो तर ढिला गर्नुभयो,’ बैठकमा माधवको भनाई थियो । माधवले प्रचण्डले धोका दिएको कारण आफ्नो पार्टी निकै संकटमा परेको बिश्लेषणसमेत सनाउनु भएको छ । ‘सवै मिलाउला भनेको त प्रचण्डले धोका दिएर हिडे,’ माधवको भनाई थियो ।