सिन्धुलीको एनसिसी बैंकबाट ठगिएका भण्डारीले पाए रकम फिर्ता (बैंक स्टेटमेण्टसहित)

सिन्धुली/ नेपाल कमर्श एण्ड क्रेडिट बैंक (एनसीसी) सिन्धुली शाखाबाट ठगिएका भनिएका कमलामाई नगरपालिका वडा नं. ७ निवासी टेकवहादुर भण्डारीलाई बैंकले रकम फिर्ता गरेको छ ।
आफ्नो छोरा रोशनलाई उच्च शिक्षाका लागि अष्ट्रेलिया पठाउने नाममा एनसीसीबाट ठगिएका भण्डारीको बैंक खातामा ८३ हजार ३ सय ७३ रुपैयाँ बैंकले जम्मा गरिदिएको छ । एनसिसी बैंक सिन्धुली शाखाता नम्बर ०६६००००१२४४०१ मा सिन्धुली शाखाबाटै सो रकम जम्मा गरिएको थाहा लागेको छ । ‘उच्च शिक्षाका लागि अष्ट्रेलिया पठाउने नाममा सिन्धुलीको एनसीसी बैंकबाटै ठगिए सेवाग्राही !’ शिर्षकमा सन्देश जनप्रिय साप्ताहिकले समाचार प्रकाशन गरेको थियो । टेकवहादुरले आफ्नो छोरा रोशनलाई उच्च शिक्षाका लागि अष्ट्रेलिया पठाउन र कलेजलाई देखाउनका लागि एनसिसी बैंकमा ४२ लाख ऋण लिएका थिए । बैंकबाट ऋण लिएपनि अष्ट्रेलियाको कलेजलाई पठाउनका लागि भण्डारीले जम्मा गरेको १२ लाख ५० हजार रुपैयाँकोसमेत व्याज असुली गरेपछि सेवाग्राहीहरु बैंकबाट ठगिंदै आएको तथ्य बाहिर आएको थियो ।
भण्डारीका छोरालाई दुतावासले अध्ययन अनुमति पत्र अर्थात भिषा दिएन र त्यसपछि बैंकमा रोक्का रहेको जग्गा फुकुवा गरिदिनु परो भन्दै एनसीसी बैंकमा भण्डारीका बाबु छोरा गए त्यसपछि बैंकका मेनेजर शंभु खड्काले १ लाख ४९ हजार रुपैयाँ तिरेपछि मात्रै जग्गा फुकुवा हुन्छ भनेपछि उनीहरु बैंकको सिइओ रमेश अर्याल र नेपाल राष्ट्र बैंकमा डेपुटी डाइरेक्टर दीपक पोखरेललाई भेट्न पुगेका थिए । पोखरेलले सबै बिबरण सुनेपछि बैंकले ठगि गरेको भन्दै सिइओ पोखरेललाई तत्काल रकम फिर्ता गर्न निर्देशन दिएका थिए । राष्ट्रबैंकको निर्दैशनपछि एनसिसीको केन्द्रीय कार्यालय पुगेका उनीहरुले अर्याल भेटेका थिए । भेटका क्रममा सिन्धुली शाखाबाट त्रुटि भएको र तपाईहरुको पैसा फिर्ता पाउनु हुन्छ, कतै जानु पर्दैन भनेर फर्काका थिए भने तत्कालै सिन्धुलीका शाखा प्रमुख खड्कालाई फोन गरेर तुरुन्तै रकम फिर्ता दिन भनेको सम्बद्ध स्रोतले बताएको छ । खड्कालाई एनसिसीकै प्रदेश प्रमुखले पनि रकम तत्कालै फिर्ता गर्न दबाब दिएका थिए । सन्देश जनप्रिय साप्ताहिक र अनलाइन संस्करण प्रदेशखबर डटकमले भण्डारी ठगिएको वारे समाचार प्रकाशन गरेपछि अन्य सेवाग्राहीहरु पनि आफ्नो ऋणको फाइल बोकेर आउने क्रम जारी रहेको छ । अखबारको सम्पर्कमा आएकाहरुले आफ्नो पनि रकम बैंकले फिर्ता गर्नु पर्ने दाबी गर्न थालेका छन् । यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ छापेको छ ।

No description available.
पिडित भण्डारीको बैंक खातामा एनसिसी बैंकले रकम जम्मा गरेपछिको स्टेटमेन्ट ।
No description available.

No description available.

यो पनि समाचार:

उच्च शिक्षाका लागि अष्ट्रेलिया पठाउने नाममा सिन्धुलीको एनसीसी बैंकबाटै ठगिए सेवाग्राही !

प्रदेशखबर संवाददाता -२४ श्रावण २०७९, मंगलवार २२:५७

सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक केन्द्रीय सदस्यले केही दिन अगाडि कपिलाकोटमा आयोजित एक कार्यक्रममा भनेका थिए: ‘अहिले च्याउझैं खुलेका निजी क्षेत्रका बैंकहरु गाउँका सामन्तहरुको नयाँ अबतार हो ।’
मुलुकको अर्थतन्त्र खस्कँदै खस्कँदै गएको र गाउँमा पुगेको सिंहदरवारले तल्लो तहका जनतालाई चुसिरहेका बेला ग्रामीण जनताको अर्थतन्त्रलाई उकास्न भन्दै बिभिन्न योजनाहरु बोकेर सिन्धुलीमा आएका निजी क्षेत्रका बैंकहरुप्रतिको विप्लव माओवादी नेताको टिप्पणीसँग सिन्धुलीको एनसीसी बैंकको काम कारबाही मेल खाएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ७ निवासी टेकवहादुर भण्डारी ४३ ले आफ्नो छोरा रोशनलाई उच्च शिक्षाका लागि अष्ट्रेलिया पठाउने नाममा नेपाल कमर्श एण्ड क्रेडिट बैंक एनसीसीबाट यसरी ठगिन्छु भन्ने कल्पनासमेत गरेका थिएनन् । जव उनले छोरा रोशनको अष्ट्रेलिया स्थित कलेजले अध्ययनका लागि अनुमति पत्र दियो, बैंक प्रोसेस र कन्सल्टेन्सीले भने बमोजिम अष्ट्रेलियाको कलेजलाई रकम पनि पठाए तर दुतावासले उनको अध्ययन अनुमति पत्र अर्थात भिषा दिएन र त्यसपछि बैंकमा रोक्का रहेको जग्गा फुकुवा गरिदिनु परो भन्दै एनसीसी बैंकमा भण्डारीका बाबु छोरा गए त्यसपछि बैंकका मेनेजर शंभु खड्काले १ लाख ४९ हजार रुपैयाँ तिरेपछि मात्रै जग्गा फुकुवा हुन्छ भनेपछि उनीहरु छाँगोबाट खसेझैं भए ।
व्याज वापतको रकम नतिरे कालो सूचनीमा राखिदिन्छौं, सबैतिर पत्राचार गर्छौ भनेपछि उनीहरु बैंकबाट आफुहरु ठगिएको निश्कर्षमा पुगेका थिए ।
यसरी पुगे भण्डारी बैंकमा !
छोरालाई विदेश पठाउने भएपछि कन्सलटेन्सीको शिफारिशमा उनी आफ्नो नाममा रहेको जग्गाको पुर्जा वोकेर एनसीसी बैंकमा गए । चिने जानेकाले पनि सोही बैंकबाट ऋण लिएर छोरा छोरीलाई विदेश पठाएको थाहा पाएका उनले बैंकले भने अनुसार सबै कागजपत्र बुझाए । ४२ लाख ऋण स्वीकृत पनि भयो । रु १ सयमा खाता पनि खुल्यो । मालतोपामा जग्गा रोक्का पनि भयो । छर छिमेकी र आफन्तजनबाट ३६ प्रतिशत व्याजदरमा १२ लाख ५० हजार रुपैयाँ ऋण सापटी लिएर उनले आफ्नो खातामा रकम पनि जम्मा गरे ।
बैंकले उनको घितो राखेको जग्गा कस्तो छ, कता फर्केको छ बाटो छ छैन, जस्ता कुनै पनि विवरणहरु नहेरी ४२ लाख रुपैयाँ शैक्षिक कर्जा स्वीकृत गरेको थियो । सो कर्जाको आवश्यक कागजात तयार गरेवापत सेवा शुल्क पनि मोटो रकमनैं लिएको छ ।
काम नभएपछि कचकच !
सिन्धुलीका बैंकहरुबाट सोझा सिधा नागरिकहरु ठगिइरहेको बिबरण क्रमश: आइरहेका बेला एनसीसी बैंकको शैक्षिक कर्जाको असुली धन्दाको डरलाग्दो तथ्य बाहिर आएको हो । जव अष्ट्रेलिया पठाउन गरेको तयारीले दुतावासले खारेज गरिदियो अर्थात भिषा प्रोसेस रिजेक्ट भयो, त्यसपछि भण्डारीले नेपाल कमर्श एण्ड क्रेडिट बैंक एनसीसीको सिन्धुली शाखामा गएर बैंक मेनेजरले लिएको सेवा शुल्क वापतको रकम फिर्ता र घितो जग्गा फुकुवाको माग गरे तव दुई पक्ष बीचको कचकच छताछुल्ल भएको हो ।
बैंकले भण्डारीको माग अनुसारको काम कारबाही अगाडि नबढाएपछि ठगिएको भन्दै कमलामाईको न्यायिक निकायमा उजुरी दर्ता गराएपछि मात्रै सो कुरा बाहिर आएको हो ।
गएको असार ३१ गते कमलामाई नगरपालिकामा आफु बैंकबाट ठगिएको र नचलाएको रकमको पनि व्याज मागेको तथा व्याज तिर्छु रोक्का जग्गा फुकुवा गरिदिनुपरो भन्दा पनि बैंकले सम्पूर्ण ऋण चुक्ता नगर्दासम्म रोक्का जग्गा फुकुवा गर्न नसक्ने बताएपछि बैंकबाट उनी ठगिएको महशुस गरेका थिए । न्यायमागगर्दै उनी कमलामाई नगरपालिकाको ढोका ढक्ढक्याए, नगरपालिकाको न्यायिक समितिले लिखित जवाफसहित उपस्थित हुन सिन्धुली शाखालाई पत्र काट्यो तर त्यसको कुनै जवाफ आएन अर्थात बैंकले नगरपालिकाको पत्रलाई धोती लगाइदियो । त्यसपछि भने नगरपालिकाको कुनै प्रक्रिया अगाडि बढेको छैन, बरु बैकबाट ठगिएका भण्डारी हातमा छोरो विदेश पठाउनकै लागि बैंकले बनाएको ४२ लाखको नक्कली शैक्षिक कर्जाका नाममा तयार पारिएको ऋणको फाइल बोकेर सिन्धुली बजार घाइरहेका छन् ।
जनप्रतिनिधी पनि व्याज तिर्दै !
सिन्धुलीमा एनसिसी बैंकले सहयोग त गरेको छ तर त्यसको पछाडि चलाउँदै नचलाएको कागजी ऋणको व्याज महिनैं पिच्छे तीर्न बाध्य हुने सर्वसाधारणहरुको संख्या निकै ठूलो छ । कमलामाई नगरपालिकाका एक जना जनप्रतिनिधी नाम उल्लेख नगर्ने सर्तमा सन्देश जनप्रियसँग भन्छन्: के गर्नु मैंले पनि कागजी ऋण अर्थात चलाउँदै नचलाएको ऋणको व्याज तिरिरहेको छु । उनका अनसार बैंकले ४२ लाखको कागजी बैंक ग्यारेन्टी गरिदिएवापत ३५ हजार रुपैयाँ लिएको थियो । पछि खातामा पैसा देखाएवापतको सम्पूर्ण रकमको व्याज पनि तिरेको छु, अझैंसम्म पनि काम नभएकाले केही बोल्न सकेको छैन, तर बैंकबाट आफु ठगिएको महशुस भने गरिरहेको छु, उनले अगाडि भने ।
कमलामाई नगरपालिका वडा नं. ७ कैं अर्का किसानले पनि आफ्नो छोरालाई अष्ट्रेलिया पठाउनका लागि एनसीसी बैंकबाटै ऋण लिएको देखाएका छन् । उनको पनि छोराको अष्टे«लियामा अध्ययनका लागि प्रोसेस भइरहेको छ र बैंकलाई स्वीकृत कागजी लोनको व्याजसमेत उनले तिरिसकेकाछन् । स्मरणीयछ, उनले कलेजलाई पठाउने १४ लाख रुपैयाँ आफैंले खातामा डिपोजिट गरेपछि मात्रै बैंकले सो रकम पठाइदिएको थियो ।
उच्च शिक्षा र रोजगारीका नाममा यसरी छोराछोरीलाई पढ्न पठाएका एवम् लाखौंको कर्जा स्वीकृत गराएर आफ्नै पैसाको उल्टै बैंकलाई व्याज तिरेर बस्नेहरुको ठूलो समूह सिन्धुलीमा रहनुले पनि एनसिसीको शैक्षिक कर्जाको जालो निकै ठूलो रहेको देखिएको छ ।
कुरा मिलिसक्यो: मेनेजर खड्का
एनसीसी बैंक सिन्धुलीका मेनेजर शंभु खड्काले भण्डारी प्रकरणमा भएको ऋणका सम्बन्धमा सबै कुराहरु मिलिसकेको बताए । बैंकले ठगि गरेकै हो त ? भन्ने प्रश्नमा उनले भनेका थिए: त्यसो त नभनौं, तर सबै कुरा मिलिसक्यो । कसरी मिल्यो भन्ने कुरामा भने उनले केही पनि बताउन चाहेनन् ।

No description available.