रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा भेटिएको टुइन्च मोर्टार डिस्पोजल गर्न दाङबाट नेपाली सेनाको टोली बिहान त्यस तर्फ गएको छ।
रोल्पामा डिस्पोजल सामग्री नभएपछि दाङको रिपुमर्दन गणबाट सेनाको टोली मगाइएको रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्षमण ढकालले बताए ।
‘हिजो बेलुका...
प्रधानमन्त्री केपी शर्मा ओलीले अबका सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने बताएका छन् ।
अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी विरुद्धको लडाईमा एक हुँदै श्रमिकको रोजगारी,...
अमेरिकी गुप्तचर अधिकारीहरुले कोरोना भाइरस मानव निर्मित वा आनुवांशिक रुपमा परिवर्तन गरी बनाइएको भाइरस नरहेको पुष्टि भएको बताएका छन् ।
भाइरस मानव निर्मित नरहेको थाहा भए पनि यसको उद्गम थलो वा उत्पती कहाँ भएको थियो भन्ने बारे अनुसन्धान जारी रहेको...
खाडी देशमा रहेका नेपाली राजदूतहरूले परराष्ट्र मन्त्रालयलाई प्रतिवेदन पठाउँदै अत्यावश्यक रूपमा नेपाल फर्काउनुपर्ने कामदारहरूका लागि क्वारन्टीनको व्यवस्था मिलाउन अनुरोध गरेका छन्।
कोरोनाभाइरसका कारण उत्पन्न सङ्कटका बेला सैयौँको सङ्ख्यामा ती देशमा कार्यरत नेपालीले रोजगारी वा सुविधा गुमाएको हुनसक्ने आकलन माझ नेपाली...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैठक भर्खरै सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन सकेन ।
बैठकमा पार्टी एकतालाई सुदृढीकरण गर्ने र सरकारलाई मजबुत पार्ने विषयमा छलफल भएको र, २० गते अर्को बैठक बोलाइएको छ...
नेकपाका आदरणीय अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको सरकार गिराउन र मुलुकमा अस्थिरता सिर्जना गर्न सहयोग पुग्नेगरी सोही पार्टीका अर्का आदरणीय अध्यक्ष पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका धेरैजना स्वकीय सचिवहरु र सहयोगीहरुमध्येका एक जनालाई गत चैत ४ गते...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सबै सदस्य उपस्थित छन् । आजको बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने बताइएको छ । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली...
बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो । तीनै जना यसअघि भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।उनीहरुको...
अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ११ लाखभन्दा बढी भएको छ।
कोरोनाभाइरसको विश्वव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण अमेरिकामा देखिएको हो।
त्यहाँ हालसम्म ५७ हजारभन्दा बढीको यो भाइरसका कारण मृत्यु भइसकेको छ। त्यो...
सरकारले मंगलबारसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण गरेको छ। १० हजार ८ सय ७ को पिसीआर प्रविधिबाट परीक्षण गरिएको हो भने ४४ हजार १९ जनाको आरडिटी गरिएको छ। जम्मा १ हजार १ सय ९३ जनाको...











