सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सबै सदस्य उपस्थित छन् । आजको बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने बताइएको छ । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटीको बैठक बोलाउने पक्षमा छैनन् ।

उक्त बैठकको रिपोर्टिङ गर्न पत्रकारलाई भने प्रवेश दिइएको छैन।
पार्टीभित्र चरम विवाद बढेको बेलामा बसेको नेकपा सचिवालयको बैठकको रिपोर्टिङ गर्न गएका पत्रकारहरूलाई बालुवाटारको गेटमै रोकिएको छ।