नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक २० गते बस्ने, स्थायी कमिटी बैठकको मिति पनि तोकिने

नेकपाको सचिवालय बैठक, वालुवाटार, फाइल फोटो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैठक भर्खरै सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन सकेन ।

बैठकमा पार्टी एकतालाई सुदृढीकरण गर्ने र सरकारलाई मजबुत पार्ने विषयमा छलफल भएको  र, २० गते अर्को बैठक बोलाइएको छ । यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेशखवरलाई जानकारी दिए ।

उनका अनुसार नेतृत्व टिमले अनौपचारिक गृहकार्य गर्नुपर्ने पनि बैठकमा सहमति गरेको छ। यसबीच केही प्रस्ताव ल्याउनेबारे पनि बैठकमा सहमति भएको छ।

सचिवालयको बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय र आवश्यक प्रस्तावहरु तयार गर्नेछ ।

नेकपाको दुवै समूह (ओली र प्रचण्ड-नेपाल समूह) ले आफ्नो पक्षमा बहुमत देखाउन सांसदको हस्ताक्षर अभियान चलाइरहेका बेला सचिवालय बैठक बसेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूनिकटका सांसदहरूको हस्ताक्षर अभियान चलाइसकेका छन्।