कोरोना संक्रमित संंख्या ५९ पुग्यो, रूपन्देही र नेपालगन्जका थप दुई जनामा ‘कोरोना पोजेटिभ’

नेपालमा कोरोना भाइरसका दुई संक्रमित पुष्टि भएसँगै बिहीबार संक्रमितहरुको कुल संख्या ५९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रुपन्देहीमा एक र बाँकेमा एक गरी दुई संक्रमित पुष्टि भएका हुन्।

रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्ज बाँकेमा ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

उनीहरु दुवै जनालाई आइसोलेसनमा राखी उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा. अधिकारीले जानकारी दिएका छन्।