धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ ।
उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी...
शनिबार थपिएका दुबै जना कोरोना संक्रमित नेपाली सेनाका रहेको खुलेको छ।
उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
उनीहरू एकजना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको...
धुलिखेल अस्पतालमा बिहीबार बेलुकी निधन भएकी सुत्केरी महिलाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको पुष्टि भएको छ।
आठ दिनअघि त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी ३० वर्षीया महिलाको बिहीबार बेलुकी धुलिखेल अस्पतालमा निधन भएको हो। धुलिखेल अस्पतालका एक चिकित्सकले...
शनिबार थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएकोे छ । भैरहवाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उक्त पुष्टि भएको हो ।
नयाँ संक्रमितहरु कपिलवस्तु,शिवराज नगरपालिका चन्द्रौटाका हुन् । संक्रमितहरु २५, ३४ र ४४ वर्षिय पुरुषहरु रहेका छन् ।
हाल उनीहरुको स्वास्थ्य...
करिव ७० वर्षदेखि भारतको अतिक्रमणमा परेका नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी सरकारले फिर्ता ल्याउने राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरिरहँदा संसदभवन तालीको गडगडाहटले गुञ्जियो। सरकार र प्रतिपक्षी सांसदले संभवत पहिलो पटक यसरी एकै साथ ताली बजाएका हुन् ।
साढे दुईघण्टा...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्धको खोप बने या नबने पनि लकडाउन हटाउने बताएका छन् । यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसमाथि गतिलो प्रहार गर्ने बताएका ट्रम्पले खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताएका हुन् ।
उनले खोप बनाउने अभियानलाई...
सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ भित्र भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपलेक र कालापानी क्षेत्रलाई फिर्ता ल्याउने घोषणा गरेको छ।
शुक्रबार संसदमा राष्ट्रपतिमार्फत नीति तथा कार्यक्रम घोषणा गर्दै सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने बताएको हो।
सरकारले कूटनीतिक माध्यमबाट विवाद समाधनका लागि पहल...
सिन्धुलीको भिमानमा कोरोना संक्रमणको जोखिमलाई ध्यान दिंदै कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपनि उक्त तीन घरलाई बन्दै राख्ने निर्णय गरेको छ । नेकपा, कांग्रेस र कमलामाई नगरपालिकाका अधिकारीहरुको केही समय अगाडि भिमानमा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।...
कैलालीको सीमावर्ती भारतीय सहर पलियामा ४६ दिनदेखि क्वारेन्टाइनमा रहेका ४ सय ८० जना नेपालीलाई शुक्रबार स्वदेश ल्याइँदै छ।
उनीहरुलाई केही बेरमा धनगढीको गौरीफण्टा नाकाबाट नेपाल ल्याउन लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
गौरीफण्टा नाकामा रहेका सूचना...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सरकारले शुक्रबार संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल हुने सहभागी एक सदस्यले प्रदेशखवरलाई जानकारी दिए ।
त्यस्तै वैशाख...












