शनिबार थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएकोे छ । भैरहवाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उक्त पुष्टि भएको हो ।
नयाँ संक्रमितहरु कपिलवस्तु,शिवराज नगरपालिका चन्द्रौटाका हुन् । संक्रमितहरु २५, ३४ र ४४ वर्षिय पुरुषहरु रहेका छन् ।
हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीका सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।