शनिबार थपिएका दुबै जना कोरोना संक्रमित नेपाली सेनाका रहेको खुलेको छ।
उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
उनीहरू एकजना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ।