सिन्धुलीको भिमानमा कोरोना संक्रमणको जोखिमलाई ध्यान दिंदै कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपनि उक्त तीन घरलाई बन्दै राख्ने निर्णय गरेको छ । नेकपा, कांग्रेस र कमलामाई नगरपालिकाका अधिकारीहरुको केही समय अगाडि भिमानमा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

नेकपाका जिल्ला अध्यक्ष राजन दाहाल, कांग्र्रेस सभापति उज्वल बराल, कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्री, सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा दाहाल, कमलामाई उपप्रमुख मञ्जु देवकोटा र लगायतको उपस्थिति रहेको बैठकको अध्यक्षता कनपा वडा नं. ९ का अध्यक्ष देवराज पौडेलले गरेका थिए ।



सो बैठकमा नगरप्रमुख खड्गवहादुर खत्री, उपमेयर मञ्जु देवकोटा, बैठकको अध्यक्षता गरेका देवराज पौडेल लगायतका उपस्थित नेताहरुको हस्ताक्षर भने देखिएको छैन । यसैबीच बैठक पुस्तिकामा हस्ताक्षर किन नगरिएको भन्ने बारे सोेधिएको जिज्ञासामा नगरप्रमुख खत्रीले आफु बैठकमानैं नगएको प्रतिक्रिया दिएका छन् । –फोटोः विश्वज्योति थापा