कैलालीको सीमावर्ती भारतीय सहर पलियामा ४६ दिनदेखि क्वारेन्टाइनमा रहेका ४ सय ८० जना नेपालीलाई शुक्रबार स्वदेश ल्याइँदै छ।
उनीहरुलाई केही बेरमा धनगढीको गौरीफण्टा नाकाबाट नेपाल ल्याउन लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
गौरीफण्टा नाकामा रहेका सूचना अधिकारी जोशीले भने, ‘अहिले कागजी प्रकृया भइरहेको छ बेलुका सम्म नेपाल भित्र्याउँछौंँ।’
उनका अनुसार पलियामा कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा, सुर्खेत, बझाङ, डोटी र दैलेखका गरी ४ सय ८० जना क्वारेन्टाइनमा रहेका थिए।