सरकारले सिन्धुलीको सुनकोशी मरिन बहुउदेश्यीय आयोजनाको टनेल आउँदो वर्ष सुरु गर्ने भएको छ ।
यसको लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै सरकारले सिँचाइ आयोजनालाई पनि जोड दिएको छ ।
सौर्य उर्जा प्रयोग गरेर लिफ्टमार्फत सिँचाइको लागि...
आगामी आर्थिक वर्षका लागि संसदमा केहीबेरमा बजेट प्रस्तुत सुरु भएको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेको बजेटलाई अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन्।
स्रोतका अुसार सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले झण्डै १६ खर्ब बराबरको...
चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस(कोभिड–१९) विश्वब्यापी महामारीको रुपमा फैलिंदै गर्दा सिन्धुलीका सबै नागरिक त्रासमा बाँचिरहेका छन् । आज (बिहिवार मध्यान्ह) सम्मको विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार संक्रमितको संख्या ५० लाख ९० हजार १ सय ५७, मृत्यू हुनेको संख्या...
नेपालमा कोरोना भाइरस संक्रमणबाट तेश्रो ब्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिसमन अस्पतालमा उपचार गराईरहेका गुल्मीका ४१ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
एक सातादेखि अस्पतालमा उपचार गराईरहेका उनको आज बिहान ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेपनि...
नेपालका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४४ पुगेको छ।
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ४४४ पुगेको हो ।
नयाँ...
ब्राजिल कोरोना भाइरस महामारीको नयाँ इपिसेन्टर बन्दै गएको छ।
कोरोना भाइरसलाई सामान्य रुपमा लिँदै आएका राष्ट्रपति जायर बोल्सोनारोले मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसको उपाचारमा प्रयोग गर्न सुझाएका छन् ।
सोही दिन ब्राजिलमा कोरोना भाइरसको संक्रमण दैनिक अहिलेसम्मकै धेरै देखिएको हो।
हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना...
नेपालगञ्जको रुपैडिया ठूलो संख्यामा नेपालीहरु भित्रिए, ७ सय भारतीय पनि बाहिरिएको स्थानीय प्रशासनले बताएको छ । गए राती उनीहरुलाई ल्याउने र पठाउने काम गरिएको हो ।
नेपालगञ्ज नाकाको भारततिर रुपैडिहामा एक हजार पाँच सय बढी नेपाली नेपाल आएका हुन् ।
नाकामा...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरका क्वारेन्टाइनको अवस्थाबारे चासो राखेका छन् । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) को कार्यालयमा बुधबार पहिलो पटक पुगेका ओलीले क्वारेन्टाइनको अवस्था सुधार्नका लागि निर्देशन दिएका हुन् । ब्रिफिङपछि निर्देशन दिने क्रममा ओलीले देशभरकै क्वारेन्टाइनको...
सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ।
बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन्।
गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरासहितका क्षेत्र समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा...
राष्ट्रियसभाका सदस्यहरुले विदेशमा आपतकालीन अवस्थामा रहेका नेपाली नागरिकलाई तुरुन्त फिर्ता ल्याउन माग गरेका छन्।
बुधबार बसेको बैठकको शून्य र विशेष समयमा सांसदहरुले अतपत्र परेका नागरिकलाई तुरुन्तै फिर्ता ल्याएर क्वारेन्टाइनमा राख्न सुझाव दिएका हुन्। अहिले नेपालमा बनेका क्वारेन्टिन गुणस्तरहीन पाइएकाले होटलहरुलाई...











