चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस(कोभिड–१९) विश्वब्यापी महामारीको रुपमा फैलिंदै गर्दा सिन्धुलीका सबै नागरिक त्रासमा बाँचिरहेका छन् । आज (बिहिवार मध्यान्ह) सम्मको विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार संक्रमितको संख्या ५० लाख ९० हजार १ सय ५७, मृत्यू हुनेको संख्या ३ लाख २९ हजार ७ सय ३९ र संक्रमण पछि निको हुनेको संख्या २० लाख २४ हजार ३ सय २९ पुगिसकेको छ । सुरुको अवस्थामा कम देखिए पनि नेपालमा हाल सम्म ४४४ जनामा सक्रमण देखा परिसकेको छभने ३ जनाको मृत्यु भएको छ । यस क्रममा सकारात्मक परिणाम पनि आएका छन् । नेपालमा कोरोना संक्रमणबाट ४५ जना निको भएर घर फर्केका छन् । पछिल्ला दिनहरुमा आवश्यक सावधानी नअपनाउँदा यसले सिन्धुली जिल्लामा महामारीको रुप लिने देखिएको छ ।
भुसको आगोझैं सल्कन थालेको नेपालको कोरोना संक्रमणको अबस्था र स्थानीय प्रशासनले रोकथाम र नियन्त्रणका लागि घोषणा गरेको बन्दाबन्दीको पुर्ण पालना नहुँदा सिन्धुली सदरमुकामका सर्वसाधारणमा त्रास बढिरहेको छ । सिन्धुलीमा कोरोना गाडी चढेर आउँछ भन्दै सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरुको जमात बढेसँगै सिन्धुली जिल्ला र त्यसमा पनि विशेषतः कमलामाई नगरपालिका कोरोना संक्रमणको सबैभन्दा उच्च जोखिमा रहेको देखिएको छ ।
बिश्व ब्यापी महामारीका कारण संसारभरीको अर्थब्यवस्था ओरालो लागेको छ । रेमिट्यान्सले चलेको नेपाली अर्थतन्त्र पनि यतिवेला तहस नहस भइसकेको अवस्था छ । नेपाल जस्तो अर्ध विकसीत देश र यहाँको नागरिकहरुको दैनीक मजदुरी गरी जिवन निर्वाह गर्नुपर्ने बाध्यता बीच यतिबेला लकडाउनका कारण निक्कै समस्यामा परेको छ । बिपदमा सरकारसँग नागरिक होइन नागरिकसँग सरकार चाहिन्छ । जुन हाम्रो जस्तो देशको बाध्यता र विवसता हो । श्रमिक, मजदुर र गरीब नागरिकहरुको बाहुल्यता रहेको सिन्धुलीमा अबका केही दिनमा हुनेखाने र हुँदा खनेका बीचको टकराब सहतमा नआउला भन्न सकिन्न, बास्तविकता पनि यहीनैं हो ।
नेपाल सरकारले ११ चैत्र २०७६ देखि प्रारंभ गरेको बन्दाबन्दीले कोरोना रोकथाम र नियन्त्रणका लागि निकै ठूलो सहयोग पु¥याएपनि स्वास्थ्य परिक्षणको दायरा बढाउन नसक्नु र छिमेकी देश भारतले नेपालीहरुलाई रेल मार्फत नेपा भारत सिमा क्षेत्रमा ल्याएर छोड्ने गर्न थालेपछि सिंगो नेपाल र विषेशत तराई र त्यससँग जोडिएको कमलामाई नगरपालिका कोरोना उत्पादनको केन्द्र बन्ने लक्षयणहरु देखिन थालेका छन् ।
विभिन्न राष्ट्रिय गौरवका योजनाहरुको निर्माण, निर्माण सामाग्रीको आसार पसार र कोरोना संक्रमित जिल्लाबाट बिना परिक्षण भित्रिइरहेका हरिया तरकारीले कमलामाई नगरपालिकामा जोखिम बढाएको कुरालाई सर्वसाधारण र नागरिक समाजले स्वीकार्दैछ । सामाग्री ओसार पसारमा सुरक्षाका न्यूनतम मापदण्डपनि पुरा नभएकाले निर्माण श्रमिक, यातायात मात्रै होइन कृषि मजदुरु जोखिममा रहेको जिल्ला समन्वय समितिका सभापति शंकर बर्मा तिवारीको भनाई छ ।
लम्बिरहेको बन्दाबन्दी र त्यसले २ महिना पुरा हुँदैगर्दा गर्न कमलामाई नगरपालिकाले आफ्ना नागरिकको जीवन रक्षाका निम्ती जिल्लामानैं पहिलो पटक आफ्नो भूमिकालाई दर्बिलो बनाएको तथ्य सबैसामु उजागर नभएको होइन । नेपाली कंग्रेसका सभापति उज्वल बरालले त नगरपालिका कोरोना रोकथाम र नियन्त्रणमा सबैभन्दा अव्वल रहेको टिप्प्णीनै गरेका थिए । त्यसैले सिन्धुलीमा बढ्दो कोरोना जोखिमलाई नियन्त्रणमा लिनका लागि स्थानीय सरकार र स्थानीय प्रशासनका बीचमा बलियो सम्बन्ध अनिवार्य छ । सिन्धुलीको स्वास्थ्य संस्थाको अबस्था र कोरोना संक्रमणको जोखिमलाई सुक्ष्म ढंगले निश्लेषण गर्न र जिल्ला स्थित सुरक्षा निकायको सुझाव र सल्लाहलाई पहिलो प्राथमिकतामा राखेर संक्रमणका मार्गहरु बन्द गराउन सकिएन भने त्यसको जिम्मेवारी जिल्ला स्थित राजनैतिक दल, त्यसका नेता र स्थानीय प्रशासनले लिनुपर्ने छ ।
महामारी बाजानैं बजाएर आइसकेको छ । सिन्धुली जिल्लाको चार दिवारको जस्केलासम्म उनीहरुले अड्डा जमाइसकेका छन् । कोरोनाको महामारी भित्र्याउने वा त्यसलाई दिवारबाट भित्र प्रवेशमा रोक्ने भन्ने कुरामा कठोर दकम चाल्न नसके हामीले पछुताउने मात्रै हो, त्यसबेला हामीसँग अर्को कुनै बिकल्प रहनेछैन । (बुद्धकुमार आछामी, कमलामाई फिचर सेवा)