नेपालगञ्जको रुपैडिया नाकाबाट ठूलो संख्यामा नेपालीहरु भित्रिए, ७ सय भारतीय पनि बाहिरिए

नेपालगञ्जको रुपैडिया ठूलो संख्यामा नेपालीहरु भित्रिए, ७ सय भारतीय पनि बाहिरिएको स्थानीय प्रशासनले बताएको छ । गए राती उनीहरुलाई ल्याउने र पठाउने काम गरिएको हो ।

नेपालगञ्ज नाकाको भारततिर रुपैडिहामा एक हजार पाँच सय बढी नेपाली नेपाल आएका हुन् ।

नाकामा रहेका वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक हरि बस्नेतले नाकाबाटै नेपालीलाई गाडी चढाउँदै ल्याइएको जानकारी दिए ।

नाकाबाट बाँके र बर्दियाका मानिसलाई तीन किलोमिटरजति यता रहेको महेन्द्र बहुमुखी क्याम्पसमा ल्याएर त्यहाँबाट सम्बन्धित पालिकामा पठाउन शुरु गरिएको छ।

यसअनुसार, बाँकेको राप्तीसोनारी गाउँपालिकाका ५५ र बैजनाथ गाउँपालिकाका ५३ जना गइसकेका छन्। अरु पालिकाका मानिसहरु क्याम्पसमा रहेका छन्।नेपालगञ्ज नाकामा कर्णाली प्रदेशका ठूलो संख्या रहेका छन्।

उनीहरुलाई नाकामै गाडी बोलाएर पठाउन थालिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए। यसअघि नेपाल भित्र्याइएका अरु जिल्लाका मानिसलाई आरडीटी जाँच गरेर पठाइएको थियो। यसपाली त्यसो नगरेर सिधै गाडीमा राखेर पठाइँदैछ।

भारतबाट आज कति मानिस भित्रिन्छन् भन्ने तथ्यांक निकाल्न गाह्रो हुने देखिएको छ। प्रहरीले नाकामै गाडी मगाएर त्यसमा राख्दै पठाउदै गरेको छ।