सरकारले सार्वजनिक गर्‍याे लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा

 सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ।

बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन्।

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरासहितका क्षेत्र समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा पारित गरेको थियो।

उक्त नक्सा मन्त्री अर्यालले बुधबार सार्वजनिक गरेकी हुन्।