देश छाडेपछि अफगान राष्ट्रपति अशरफ गनी कहाँ गए भन्ने चासो सर्वत्र देखिएको छ। त्यस्तै त्यहाँका उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि काबुल छाडेको बताइएको छ। सुरुमा राष्ट्रपति गनी भागेर ताजिकिस्तान गएको बताइएको थियो।
तर पछि अल जजिरा टेलिभिजनले उनी उज्बेकिस्तानको राजधानी...
भारतमा पश्चिम बंगालको जपाईगुडीमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। दुर्घटनामा कम्तिमा ४५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
दुर्घटनामा ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने बताइएको छ। सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई पाँच लाख रुपैयाँ र...
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार अपराह्न नयाँ दिल्ली आइपुगेसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन्।
प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग शुक्रबार अपराह्न भेटवार्ता गरेका छन्। त्यस अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका साथै...
ताइवानका राष्ट्रपति साई इङ वेनले संयुक्त राज्य अमेरिका भ्रमणका क्रममा त्यहाँको प्रतिनिधिसभाका सभामुखलाई भेटेमा चीनले त्यसविरुद्ध लड्ने चेतावनी दिएको छ। राष्ट्रपति साई आफ्ना सहयोगीहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका साथ ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा आज अमेरिकातर्फ प्रस्थान गरेकी...
विश्व स्वास्थ्य संगठन हुले हतारमा ‘लकडाउन’ खोले प्राणघाती कोरोनाभाइरस कोभिड–१९ फेरि दन्किने चेतावनी दिएको छ ।
अस्ट्रिया र डेनमार्कलगायतका केही देशहरूले कोरोनाभाइरस विरूद्धको लडाइँ अन्तर्गत लगाएका निषेधाज्ञालाई फिर्ता लिने घोषणा गर्न लागेको समाचार प्रति प्रतिक्रिया जनाउँदै हूले यस्तो चेतावनी दिएको...
कोरोना भाइरसको विश्वव्यापी महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४० हजार भन्दा बढी पुगेको छ ।
जोन हप्किन्स विश्वविद्यालयलका अनुसार अहिलेसम्म अमेरिकामा कम्तिमा ४० हजार ६६५ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । यस्तै संक्रमितको...
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अन पुनः सार्वजनिक रूपमा उपस्थित भएकोमा र स्वस्थ देखिएकोमा आफूलाई "खुशी" लागेको बताएका छन्।
एउटा रासायनिक मल उद्योगको उद्घाटन समारोहमा किम उपस्थित भएको विवरण सार्वजनिक भएपछि ट्रम्पले ट्वीटमार्फत् खुशी व्यक्त...
अमेरिकाको मिनिसोटा स्टेटका गश्ती अधिकारीहरूले सीएनएनकापत्रकार ओमार जिमिन्जलाई दुई अन्य सहयोगीसमेत मिनियापलिसमा भइरहेको प्रदर्शनको लाइभ ब्रोडकास्ट गरिरहेका बेला गिरफ्तार गरेका छन् ।
अमेरिकामा अफ्रिकी अमेरिकी मूलका जर्ज फ्लोडको प्रहरीको कारबाहीमा मारिएको विरोधमा भड्केको विरोध प्रदर्शनको प्रत्यक्ष प्रसारण गरिरहेका तीन सञ्चारकर्मीलाई...
लगातार कोरोना भाइरसको महामारीलाई कमजोर रुपमा लिँदै व्यवसायिक तथा आर्थिक पक्षलाई प्राथमिकता दिँदै आएका अमेरिकाको टेक्सासका गभर्नरले अन्ततः कोरोना भाइरस अति ‘खतरनाक’ अवस्थामा आएको बताएका छन् ।
अमेरिकामा महामारीको नयाँ हटस्पट बनेको टेक्सासमा सञ्चालन अनुमति दिइएका व्यवसायहरुमा संक्रमणदर तीव्र गतिमा...
हङकङकी प्रमुख कार्यकारी क्यारी लामसहित अरु १० उच्च अधिकारीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ।
चीनले हङकङमा नयाँ सुरक्षा कानून लागु गरेसँगै कडा नीति लिएको अमेरिकाले लाम र हङकङ तथा चीनका अरु १० शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको हो।
अमेरिकी राज्यकोष मन्त्री स्टिभन मेनुचनले...












