हतारमा ‘लकडाउन’ खोले कोरोना फेरि दन्किने विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व स्वास्थ्य संगठन हुले हतारमा ‘लकडाउन’ खोले प्राणघाती कोरोनाभाइरस कोभिड–१९ फेरि दन्किने चेतावनी दिएको छ ।

अस्ट्रिया र डेनमार्कलगायतका केही देशहरूले कोरोनाभाइरस विरूद्धको लडाइँ अन्तर्गत लगाएका निषेधाज्ञालाई फिर्ता लिने घोषणा गर्न लागेको समाचार प्रति प्रतिक्रिया जनाउँदै हूले यस्तो चेतावनी दिएको हो ।

हुका एक प्रवक्ताले भने “ रोगी भएको बेला  हतारमा ओछयानबाट उठेर कुद्न खोज्दा लडेर जटिलता थपि रोग बल्झिने जस्तै यो हो ।”

संगठनसँग सरकारहरूलाई यसो गर त्यसो गर भनेर कुनै उपाय नभएको भन्दै क्रिस्टियन लिन्डमिरले महामारीलाई घेरामा हाल्ने गरी लगाइएको ‘लकडाउन’ फिर्ता लिने काम हतारमा नगरी सतर्कता पूर्वक गर्नुपर्ने संगठनले आह्वान गरेको बताए ।

यो साताको शुरूमा अस्ट्रिया र डेनमार्कले ‘लकडाउन’ फिर्ता लिने बताएका थिए । अस्ट्रियाले साना व्यवसाय फेरि खुला गर्ने र डेनमार्कका आमाबाबुले साना बालबालिकालाई स्कूल पठाउने बताएका थिए । दुबै देशले मेमा थप बन्देज हटाउने जनाएका थिए ।

एसियाली देशमा भारतमा  पनि अप्रिल १५ पछि‘लकडाउन’ हटाउने विषयमा छलफल तीव्र भइरहेको बेला हुको यो चेतावनी सार्वजनिक भएको हो ।