अमेरिकामा प्रत्यक्ष प्रसारण गरिरहेका सीएनएनका तीन पत्रकारहरु गिरफ्तार

अमेरिकाको मिनिसोटा स्टेटका गश्ती अधिकारीहरूले  सीएनएनकापत्रकार ओमार जिमिन्जलाई  दुई अन्य सहयोगीसमेत मिनियापलिसमा भइरहेको प्रदर्शनको लाइभ ब्रोडकास्ट गरिरहेका बेला गिरफ्तार गरेका छन् ।

George Floyd, 46, died on Monday after being held down by a cop who placed his knee on his neck for nine minutes while he pleaded for breath

अमेरिकामा अफ्रिकी अमेरिकी मूलका जर्ज फ्लोडको प्रहरीको कारबाहीमा मारिएको विरोधमा भड्केको विरोध प्रदर्शनको प्रत्यक्ष प्रसारण गरिरहेका तीन सञ्चारकर्मीलाई गिफ्तार गरिएको हो । 

पछि गिरफ्तार गरिएका तीनलाई रिहा गरिएको थियो । प्रहरी अधिकारीहरूले उनीहरू गिरफ्तार गरिरहेका बेला भएको प्रत्यक्ष संवाद टेलिभिजन फुटेजमा समेत देखिएको थियो । त्यसपछि टेलिभिजन एंकरले सीएनएनका पत्रका जिमिन्ज आफ्ना सहयोगीसहित गिरफ्तार भएको जनाएका छन् । 

प्रहरी अधिकारी मध्येका एकले जिमिन्जलाई हतकडी लगाइएको फुटेज सीएनएनले पटक पटक दोह¥याएको थियो ।

 अमेरिकामा प्रत्यक्ष प्रसारण गरिरहेका  सीएनएनका सञ्चारकर्मी गिरफ्तार

प्रहरी अधिकारीहरूले त्यसको सफाइमा पत्रकारलाई त्यहाँबाट जान भनेको तर अटेर गरिएकोले समातिएको जनाएकाछन् ।

CNN reporter Omar Jimenez was arrested live on air Friday by Minnesota State police for apparently refusing to move when he'd been told to despite being heard on camera telling the cops 'tell us where you want us to go, we'll go wherever you want.' Other reporters at the scene who are white say they were allowed to stay without incident

मिनेसोटाका गभर्नर टिम वाल्सले सीएनएनका पत्रकारहरू गिरफ्तार भएको घटनाप्रति माफी मागेका छन् ।