अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार नाध्यो, इटाली, स्पेन र फ्रान्समा सुधार

न्यूयोर्कको आगलागी नियन्त्रण विभाग (एफडिएनवाई)का अधिकारीलाई कोरोना भाइरसको संक्रमणपछि एम्बुलेन्समा राख्ने क्रममा । फोटोः एपी

कोरोना भाइरसको विश्वव्यापी महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४० हजार भन्दा बढी पुगेको छ ।

Neiman Marcus group is prepared to file for bankruptcy after financially struggling for years, Reuters reports

जोन हप्किन्स विश्वविद्यालयलका अनुसार अहिलेसम्म अमेरिकामा कम्तिमा ४० हजार ६६५ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या पनि सात लाख ५९ हजार भन्दा बढी पुगेको छ।

सबैभन्दा बढी प्रभावित भएको न्यूयोर्क राज्यको राजधानी न्यूयोर्क सिटीमा १४ हजार ४५१ जनाको ज्यान गइसकेको छ । अमेरिकामा हालसम्म ३८ लाख ६५ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउन परीक्षण भएको छ ।

विश्वभर हालसम्म एक लाख ६५ हजार भन्दा बढीको ज्यान गइसकेको छ । यस्तै विश्वभर संक्रममित हुनेको संख्या पनि २४ लाख भन्दा बढी पुगेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको आइतबारको ब्रिफिङ्गको क्रममा विश्व स्वास्थ्य संगठन, चीन र विश्व व्यापार संगडन (डब्लुटिओ) को आलोचना गरेका छन् । यस्तै उनले इरानलाई कोरोना भाइरसको महामारीसँग जुध्नका लागि सहयोग दिने तयारीमा पनि रहेको उल्लेख गरेका छन् ।

ट्रम्पका विवादास्पद भनाई र आलोचनाका बिच युरोपबाट भने सकारात्मक खबर आउने क्रम जारी छ । इटाली, स्पेन तथा फ्रान्समा कोभिड–१९ बाट मृत्यु हुने तथा संक्रमण भइ अस्पताल भर्ना हुनेको संख्या लगातार कम हुँदै गएको छ । डेली मेलले समाचार लेखेको छ ।