ब्राजिलका चर्चित न्याय मन्त्री सर्जियो मोरोले राजीनामा दिएका छन् । राष्ट्रपति जायर बोल्सोनारोले राजनीतिक हस्तक्षेप गरेको भन्दै चर्चित मन्त्री मोरोले राजीनामा दिएका हुन् ।
पूर्व न्यायाधीश समेत रहेका मोरोले ब्राजिलको सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दाको सुनुवाई पनि गरेका थिए । राष्ट्रपति...
भारतमा कोरोना भाइरसका संक्रमितको संख्या पछिल्ला दिनमा तीव्र रुपमा फैलिरहेको छ । सोमबार एकै दिन थप चार हजार २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म भारतमा कोभिड–१९ बाट २२ सय...
भारतमा एकै दिन ८ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार भारतमा ८ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको हो, यो एकै दिन नयाँ संक्रमित हुने अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो ।
योसँगै भारतमा संक्रमितको संख्या...
अमेरिकामा संघीय अदालतका न्यायाधीशको घरमा आक्रमण गर्ने व्यक्तिको नाम संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले सार्वजनिक गरेको छ ।
स्थानीय समय अनुसार आइतबार बेलुका भएको आक्रमणमा न्यू जर्सीकी न्यायाधीश एस्टेर सालेसका २० वर्षे छोरा डानियल एन्डलको ज्यान गएको अमेरिकी सञ्चारमाध्यमले जनाएका...
निको भएका कोरोनासंक्रमितमा फेरि कोरोना सरको पहिलो केस फेला परेको छ ।
हङकङ युनिभर्सिटीको चिकित्सा संकायको माइक्रोबायोलजि विभागका अनुसन्धानकर्ताहरूले कोभिड–१९ नाम दिइएको सार्स कोभ टुबाट संक्रमित भइ निको भएकामा फेरि सरेको पहिलो केस फेला परेका छन ।
यसरी फेरि कोरोना सरेको...
कोरोना भाइरसको सङ्क्रमणका कारण झण्डै २० लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ ।
कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप व्यापक रुपमा प्रयोग हुनु अघि नै झण्डै २० लाख मानिसको ज्यान जान सक्ने डब्लूएचओले चेतावनी दिएको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पराजित भएको अझै स्वीकार गरेका छैनन् । उनले कुनै पनि ठोस प्रमाण बिना चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको दाबी गर्दै आएका छन् ।
उनले अदालतको ढोका पनि ढकढक्याएका छन् । तर रिपब्लिकन पार्टी...
साउदी अरबकी एक प्रख्यात महिला अधिकारवादी लुजैना अल-हथलुललाई जेल सजाय सुनाइएको छ। उनले महिलाहरूले सवारी हाँक्न पाउने अधिकारको वकालत समेत गरेकी थिइन।
३१ वर्षकी हथलुलले हालसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छन्।
उनीसहित केही अधिकारवादीहरूलाई साउदी अरबविरुद्ध रहेको ठानिएका...
संयुक्त राष्ट्रसंघको परमाणु अनुगमन गर्ने निकायका प्रमुखले राष्ट्रसंघीय अनुगमनकर्ताहरूलाई थप तीन महिना आफ्ना परमाणु केन्द्रहरूको अनुगमन गर्न दिन इरान सहमत भएको बताएका छन्।
तर हतारमा गरिएको उक्त सम्झौताले इन्टरन्याश्नल एटोमिक इनर्जी एजेन्सी (आईएईए) का निरीक्षणकर्ताहरूलाई अब अनुगमनको कम मात्र पहुँच...
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पति र उत्दगमस्थलबारे तीव्र गतिमा अध्ययन गर्न गुप्तचर निकायहरुलाई आदेश दिएका छन् ।
कोरोना भाइरसको उत्पतिबारे विवाद र आशंक बढ्दै गएका बेला अमेरिकी राष्ट्रपति बाइडेनले ९० दिन भित्र अध्ययन गरिसक्न गुप्तचर निकायका प्रमुखहरुलाई आदेश...












