भारतमा कोरोना भाइरसका संक्रमितको संख्या पछिल्ला दिनमा तीव्र रुपमा फैलिरहेको छ । सोमबार एकै दिन थप चार हजार २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म भारतमा कोभिड–१९ बाट २२ सय ६ जनाको ज्यान गएको छ । कुल संक्रमितको संख्या ६७ हजार १५२ रहेकोमा हालसम्म झण्डै २१ हजार मानिस संक्रमण मुक्त भएर घर फर्किएका छन् । अहिले ४४ हजार भन्दा बढी डाक्टरको निगरानीमा छन् ।
यसैबिच भारतमा मंगलबारदेखि रेल सेवा सुरु हुँदैछ । भारतीय रेलवेका अनुसार मंगलबार १५ वटा रेलले सेवा दिँदै छन् । यसको टिकट सोमबार नै वितरण भएको थियो ।