अस्पतालबाट डिस्चार्ज गरिएका हङकङका युवामा फेरि कोरोना संक्रमण पुष्टि, विश्वकै पहिलो केस !

निको भएका कोरोनासंक्रमितमा फेरि कोरोना सरको पहिलो केस फेला परेको छ ।

हङकङ युनिभर्सिटीको चिकित्सा संकायको माइक्रोबायोलजि विभागका अनुसन्धानकर्ताहरूले कोभिड–१९ नाम दिइएको सार्स कोभ टुबाट संक्रमित भइ निको भएकामा फेरि सरेको पहिलो केस फेला परेका छन ।

यसरी फेरि कोरोना सरेको बिरामीको रेकर्ड सम्बन्धी विषय मेडिकल जरनल क्लिनिकल इन्फेक्सस डिजिजमा २४ अगस्टमा स्वीकार गरिएको हङकङ युनिभर्सिटीबाट सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अहिलेसम्म कोरोनासंक्रमित भइ निको भएकामा फेरि नसर्ने विश्वास गरिएकोमा यसले खण्डन गरेको छ ।
एक युवामा साढे चार महिना पछि यो संक्रमण फेरि भएको जनाइएको छ।

यो अनुसन्धानकर्ताहरूको टोलीमा माइक्रोबायोलजि डिपार्टमेन्टका क्लिनिकल असोसिएट प्राफेसर डा. केल्भिन काइ वाङ तो, चिकित्सा संकायकी लि का शिङ,प्रोफेसर इभान फान नागी हुङ, प्रोफेसर कोक युङ युएनलगायतको सहभागीता रहेको विज्ञप्तिमा जनाइएको छ ।