भारतमा एकै दिन ८ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार भारतमा ८ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको हो, यो एकै दिन नयाँ संक्रमित हुने अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो ।
योसँगै भारतमा संक्रमितको संख्या एक लाख ९८ हजार भन्दा बढी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । त्यहाँ कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या पाँच हजार ६०८ पुगेको छ ।
भारतमा पछिल्ला केही दिनमा संक्रमितको संख्या लगातार बढिरहेको छ । शनिबार एकै दिन ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । संक्रमण बढ्दै गएपछि भारतमा लकडाउन खुकुलो पार्न थालिएको छ ।