नेकपा एमाले सिन्धुलीका नेता स्व.चुडामणि श्रेष्ठको प्रथम स्मृति दिवश आज मनाईएको छ । एमाले नगरकमिटी सिन्धुलीद्धारा सिन्धुली अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको कार्यक्रममा एमालेका वागमती प्रदेश कमिटी सदस्य एवम् प्रदेश सांसद विनोद खड्का, अर्का सदस्य एव्म कमलामाई नगरपालिकाका प्रमुख...
नेपाल विद्युत प्राधिकरण सिन्धुलीको बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्लाको घ्याङलेख गाउँपालिका क्षेत्रमा बत्ति बनाउन जाने क्रममा कमलामाई नगरपालिका २ पिपलभन्जाङमा बोलेरो
अनियन्त्रित भई दुर्घटना भएको हो ।
गाडी लगभग १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी...
सिन्धुलीको सहकार्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली नारीहरुको महान चाड तीज नजिकिदै गर्दा संस्थामा पर्व बचत गर्ने सदस्यहरुको लागि तिज विशेष कार्यक्रमको...
कमलामाई नगरपालिका सिन्धुलीले एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटी सिन्धुलीलाई एसीसहितको एम्बुलेन्स हस्तान्तरण गरेको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले उक्त एम्बुलेन्सको साँचो रेडक्रस सिन्धुलीलाई हस्तान्तरण गरेका हुन् । नेपाल सरकारबाट भन्सार छुट सुबिधामा खरिदका लागि कमलामाईले १५०८२०१...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कु–कर्मले गर्दा सभामुख अग्निप्रसाद सापकोटा छिटै जेल जाने अवस्था आउन लागेको खुलासा गर्नुभएको छ । गृहजिल्ला सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– २ कर्थलीमा शुक्रबार श्री देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यास कार्यक्रमलाई सम्बोधन...
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुली जिल्ला कमिटीको पहिलो विस्तारित बैठक सिन्धुलीमा हुँदैछ । सिन्धुलीको कमलामाई पार्टी प्यालेसमा विहान ११ बजेदेखी बस्ने विस्तारित बैठकमा प्रस्तावित जिल्ला कमिटीका सदस्यहरु सहभागी रहने जिल्ला अध्यक्ष प्रदीप कटुवालले जानकारी दिए ।...
सिन्धुलीको दुधौली नगरपालिकाको विस्तारित बैठक आज सकिएको छ । नगर अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्वोधनगर्दै नेकपा एमालेलाई तल्लो तहका कार्यकर्तामाझ लोकप्रिय बनाउँदै लैजान स्थानीय नेता कार्यकर्ताहरुलाई आग्रह गरेकाछन् । उनले पार्टीको विधान अधिवेशन र...
नेकपा एमाले सुनकोशी गाउँपालिकाको विस्तारित बैठक केही बेर अघि सकिएको छ । सुनकोशी गाउँकमिटी अध्यक्ष अशोक गिरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथ्यता एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेता थापाले पार्टीको विधान...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलामाई नगरकमिटीको बिस्तारित बैठक विभिन्न निर्णयहरुगर्दै आज सकिएको छ । कमलामाई पार्टी प्यालेस धुराबजारमाबसेको बैठकमा वडागत रुपमा पार्टीको सांगठनिक अबस्था र आगामी कार्ययोजनाका विषयमा पनि छलफल भएको थियो ।
नगर अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षता...
जिल्ला आयुर्वेद अस्पलात सिन्धुलीले हिजोबाट विरामीहरुलाई लक्षितगर्दै प्याथोलोजी सेवा सञ्चालनमा ल्याएको छ । कमलामाई नगरपालिकाको बुद्धनगरमा रहेको अस्पतालमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका सभापति शंकर बर्माले प्याथोलोजी सेवाको औपचारिक रुपमा उद्घाटन गरेका थिए ।अस्पताल विकास समितिका अध्यक्ष...












