स्व.चुडामणि श्रेष्ठको प्रथम स्मृति दिवश आज मनाईयो

नेकपा एमाले सिन्धुलीका नेता स्व.चुडामणि श्रेष्ठको प्रथम स्मृति दिवश आज मनाईएको छ । एमाले नगरकमिटी सिन्धुलीद्धारा सिन्धुली अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको कार्यक्रममा एमालेका वागमती प्रदेश कमिटी सदस्य एवम् प्रदेश सांसद विनोद खड्का, अर्का सदस्य एव्म कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्री, नारायण बराल, रामवहादुरविकलगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नगर अध्यक्ष महेन्द्रदेव श्रेष्ठले स्वर्गीय चुडामणी श्रेष्ठको राजनैतिक जीवनवारे चर्चा गर्नुभएको थियो ।