नेकपा एमाले सुनकोशी गाउँपालिकाको विस्तारित बैठक केही बेर अघि सकिएको छ । सुनकोशी गाउँकमिटी अध्यक्ष अशोक गिरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथ्यता एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेता थापाले पार्टीको विधान संशोधन तथा स्थानीय पार्टीका नेता कार्यकर्ताले खेल्नुपर्ने भूमिकाका विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रदेश कमिटी सदस्य सदस्य कमल दाहालले पार्टीको आगामी कार्यदिशा वारे आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमलाई एमाले नेता एवम् वाग्मती प्रदेशसभा सदस्य विनोद खड्काले सुनकोशीको विकासमा नेकपा एमालेका तर्फबाट गरेको पहलमदमीको चर्चागर्दे त्यसलाई जनस्तरसम्म लैजान नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।


कार्यक्रममा एमाले सिन्धुलीका नेता एवम् सचिवालय सदस्य एवम् सुनकोशी इन्चार्ज रामकृष्ण श्रेष्ठ, किसान महासंघ सिन्धुलीका अध्यक्ष बद्री दाहाल, अखिलका जिल्ला अध्यक्ष कृष्ण मोक्तान, शंकर सौगात, सुनकोशी गाउँपालिका वडा नंं २ का वडाध्यक्ष भोजकुमार सिंजाली, ४ नम्वर वडाध्यक्ष शंकर जर्धा, तुलशी प्याकुरेल, मणिराम आचार्य, शिक्षक सहकारीका लोकवहादुर कार्कीलगायत ३ सय नेता कार्यकर्ताको उपस्थिति रहेको सहकर्मी धनजंग थापाले जानकारी दिए ।













