कांग्रेस नेता बस्नेतले भने, ‘सभामुख सापकोटा अपराधि हुन छिट्टै जेल जान्छन्’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कु–कर्मले गर्दा सभामुख अग्निप्रसाद सापकोटा छिटै जेल जाने अवस्था आउन लागेको खुलासा गर्नुभएको छ । गृहजिल्ला सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– २ कर्थलीमा शुक्रबार श्री देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले कीर्ते गरेर सरकारी जग्गा हडपेको अभियोगमा अग्नि सापकोटा जेल जाने बताउनुभयो ।

‘अग्नि सापकोटाजीले धेरै अपराधहरू गर्नुभयो । उहाँलाई अर्जुन लामा हत्या प्रकरण पनि बाँकी छ’, नेता बस्नेतले भन्नुभयो , ‘उहाँ (अग्निप्रसाद सापकोटा)ले सरकारी जग्गा धेरै ठूलो संख्यामा कीर्ते गरेर जबरजस्ती हडप्ने काम भएको छ ।’

बस्नेतले भन्नुयभो , ‘सरकारी जमीन उहाँका मान्छेको नाममा पास गरिएको छ । अग्निप्रसाद सापकोटाजीको कु–कर्मको कारणले उहाँ चाँडै जेल जाँदै हुनुहुन्छ ।’

‘यो पनि अचम्म नहोला । यो चाँडै भयो फेरि । अपराध गरेपछि अपराध त कराउँछ कराउँछ । गाउँमा चलन छ । पाप धुरीबाट कराउँछ । कराउँछ कराउँछ पाप’, कांग्रेस नेता बस्नेतले भन्नुभयो । उहाँले भन्नुभयो , ‘अग्नि सापकोटा सिन्को पनि भाँचेका छैनन् । काभ्रेको अर्जुन लामा हत्या गरेको काण्डमा उहाँको मुद्धा बाँकी नै छ । नेताहरू अपराधी हुनु भएन ।’ कृष्णबहादुर महरा सभामुख रहेका बेला रोशनी शाहीले यौनदुर्व्यवहारको आरोप लगाएपछि सभामुख पद गुमाएर दशैँको मुखमा जेलमा बस्नु परेको थियो । महराले लामो समयपछि काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत ललितपुरबाट सफाइ पाउनुभएको छ।

सभामुख भएकै बेला सापकोटा पनि सरकारी जमीन कीर्ते गरेको काण्डमा जेल जाने भनेर कांग्रेस नेता बस्नेतले खुलासा गरेपछि माओवादीभित्र खैलाबैला भएको छ । सापकोटा पनि जेल गएमा माओवादीलाई सभामुख पद फाप्दैन भन्ने स्पष्ट हुनेछ । माओवादीले कहिल्यै पनि सभामुख पदमा दाबी नगरे हुनेछ ।

रबि खड्का, सिन्धुपाल्चोक

Related