ओली र लेखकको गिरफ्‌तारी गैरकानूनीः नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरको प्रति आपत्ती जनाएका छन् ।
कमलामाई नगरपालिकाको २९ औं स्थापना दिवश मनाउने क्रममा नगरप्रमुख पोखरेलले सो कुरा बताउनु भएको हो । उहाँले शनिवार कमलामाई नगरपालिकामा आयोजित कार्यक्रममा अध्यक्षात्मक मन्तव्य राख्ने क्रममा वर्तमान सरकारले प्रतिशोध साँधेर एमाले अध्यक्ष ओली रतत्कालिन गहृमन्त्री लेखकलाई पक्राउ गरेर पार्टीहरुमाथि धावा बोलेको र संविधान बिपरित भएको बताए । उनले सरकारले गरेको गलत काम कारबाहीको प्रतिवाद गर्न आवश्यक रहेको पनि उनले औंल्याए ।
आफू नगरप्रमुख भएर आएपछि कसै प्रति कुनै आग्रह पूर्वाग्रह नराखी काम गरेको प्रष्टपार्दै उनले सरकारका तर्फबाट गरिने यस्ता गतिविधीलो लोकतन्त्रनैं संकटमा पर्न सक्ने बताए ।

नगरप्रमुख पोखरेलले भने– नेपाली राजनीतिमा कालो बादल मडारिईरहेको र यो सम्बोधननैं मेरो कार्यकालको अन्तिम सम्बोधन हुन सक्छ । त्यसैले हाम्रा हरेक गतिविधीहरु इमान्दार र परदर्शी हुनुपर्छ ।