नगरप्रमुख खत्रीद्धारा रेडक्रसलाई एम्बुलेन्स हस्तान्तरण

कमलामाई नगरपालिका सिन्धुलीले एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटी सिन्धुलीलाई एसीसहितको एम्बुलेन्स हस्तान्तरण गरेको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले उक्त एम्बुलेन्सको साँचो रेडक्रस सिन्धुलीलाई हस्तान्तरण गरेका हुन् । नेपाल सरकारबाट भन्सार छुट सुबिधामा खरिदका लागि कमलामाईले १५०८२०१ रुपैंया लगानी गरेको बताइएको छ ।
कार्यक्रममा नगर उपप्रमुख मन्जु देवकोटा, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल तथा रेडक्रसको अन्तराष्ट्रिय महासंघका नेपाल प्रमुख अजमत उल्लाले एम्बुलेन्स सञ्‍चालन तथा व्यवस्थापनका सन्दर्भमा शुभकामना व्यक्त गरेका थिए ।

May be an image of 2 people, people sitting, people standing and text that says 'कमलामाई नगरपालिका सिन्धुलीको आर्थिक सहयोगमा खरीद गरिएको एम्चुलेन्स (बागमती प्रदेश 0-9 024 Cピ09) को शुभारम्भ तथा हस्तान्तरण कार्यक्रम + २०७८ भाद्र १२ जते सरटी DN'
फोटोः कमलामाई नगरपालिका