जिल्ला आयुर्वेद अस्पलात सिन्धुलीले हिजोबाट विरामीहरुलाई लक्षितगर्दै प्याथोलोजी सेवा सञ्चालनमा ल्याएको छ । कमलामाई नगरपालिकाको बुद्धनगरमा रहेको अस्पतालमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका सभापति शंकर बर्माले प्याथोलोजी सेवाको औपचारिक रुपमा उद्घाटन गरेका थिए ।
अस्पताल विकास समितिका अध्यक्ष सुन्दर घिसिङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति थियो । आयुर्वेद अस्पतालमा प्याथोलोजी जाँचपछि मात्रै डाक्टरहरुले औषधी लिने प्रावधान शुरु भएको सञ्चालक समिति अध्यक्ष घिसिङले बताए ।













