एमाले जिल्ला कमिटी सिन्धुलीको पहिलो विस्तारित बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुली जिल्ला कमिटीको पहिलो विस्तारित बैठक सिन्धुलीमा हुँदैछ । सिन्धुलीको कमलामाई पार्टी प्यालेसमा विहान ११ बजेदेखी बस्ने विस्तारित बैठकमा प्रस्तावित जिल्ला कमिटीका सदस्यहरु सहभागी रहने जिल्ला अध्यक्ष प्रदीप कटुवालले जानकारी दिए । एमालेको सिन्धुलीमा प्रस्तावित जिल्ला कमिटीको संख्या ५ सय ५० रहेको छ । कार्यक्रममा एमाले प्रशिक्षण विभागका सचिव इश्वरी रिजालको प्रमुख आतिथ्यतामा बैठक बस्दैछ ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विषमलाल अधिकारी, उमा कोइराला, कमलजंग राई, गणेश पहाडी, मनोजजंग थापा, गोविन्द माझी, सदस्यहरु गणेश बुढाथोकी, निरु दर्लामी, धुर्व देवकोटालगायतका नेताहरु सहभागिता रहनेछ ।