एमाले उपाध्यक्षद्धारा पक्राउको निन्दा, प्रतिरोधका पक्षमा उभिन अपील

सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउप्रति आपत्ती जनाएका छन् ।
एमाले नेता घिसिङले सरकारले आज बिहान अध्यक्ष ओली र नेता लेखकलाई आफ्‌नै निवासबाट पक्राउ गरिएको घटनाले प्रतिशोधपूर्ण क्रियाकलाप प्रारंभ गरेको निश्कर्ष निकाल्दै दुबैजनालाई तत्कालै रिहा गर्न आग्रह गरेका हुन् ।
सन्देश जनप्रियसँगको कुराकानीमा उपाध्यक्ष घिसिङले सरकारका तर्फबाट थालिएको प्रतिशोधपूर्ण पक्राउले मुलुकलाई अस्थिरता र अराजकतातर्फ धकेलेको बताउँदै एमालेको सम्पूर्ण पक्तिंलाई पार्टीको पक्षमा दृढतापूर्वक उभिन र सरकारको गलत काम कारबाहीको प्रतिवाद गर्न अपीलसमेत गरेका छन् ।