नेपाल विद्युत प्राधिकरण सिन्धुलीको बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्लाको घ्याङलेख गाउँपालिका क्षेत्रमा बत्ति बनाउन जाने क्रममा कमलामाई नगरपालिका २ पिपलभन्जाङमा बोलेरो
अनियन्त्रित भई दुर्घटना भएको हो ।
गाडी लगभग १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरण सिन्धुलीको प्रदेश नम्बर ३-०१-००१ ञ २५५५ नम्बरको बोलेरो दुर्घटना भएको हो ।
चालक कमलामाई नगरपालिका ६ पानीट्यांकी निवासी अन्दाजी ५० वर्षिया प्रमेश्वर सुनुवार र प्राधिकरणका कर्मचारी कमलामाई नगरपालिका ७ का ४७ वर्षीय राजिव लामाको सिन्धुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँ पठाइएको छ ।