नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलामाई नगरकमिटीको बिस्तारित बैठक विभिन्न निर्णयहरुगर्दै आज सकिएको छ । कमलामाई पार्टी प्यालेस धुराबजारमाबसेको बैठकमा वडागत रुपमा पार्टीको सांगठनिक अबस्था र आगामी कार्ययोजनाका विषयमा पनि छलफल भएको थियो ।

नगर अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षता एवम् नेकपा एमालेकी केन्द्रीय सदस्य उमादेवी कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन नगरसचिव कृष्णहरी घिमिरेले गरेका थिए । कार्यक्रममा खचाखच नेता कार्यकर्ताहरु सहभागी रहेकाछन् ।















