सिन्धुलीको सहकार्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली नारीहरुको महान चाड तीज नजिकिदै गर्दा संस्थामा पर्व बचत गर्ने सदस्यहरुको लागि तिज विशेष कार्यक्रमको आयोजना गरिएको हो । हकारी संस्थाले हरेक वर्ष पर्व बचत गर्ने सदस्यहरुको लागि तीज कार्यक्रमको आयोजना गरि एक आपसमा सुख दुःख साटासाट र शुभकामना व्यक्त गर्नुका साथै दर खाने कार्यक्रमको आयोजनागर्दै आएको अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा बोल्दै कमलामाई नगरपालिकाकी उपप्रमुख मन्जु देवकोटाले तडक भडक नगरि तीज पर्व मनाउन सबैलाई सुझाव दिनुभयो । स्थानिय सरकारले सहकारीलाई अनुगमन गरिरहेकाले सहकारी प्रतिको अविश्वास हटाई ढुक्क भएर सहकारीमा बचत गर्न पनि उप मेयर देवकोटाले सदस्यहरुलाई जानकारी दिनुभएको थियो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा बचत तथा ऋण सहकारी संघ सिन्धुलीकी अध्यक्ष बालकुमारी श्रेष्ठले आम्दानी भए मात्र बचत गर्न सहज हुने भएकाले महिला दिदि बैनिहरुले आम्दानीको बाटो खोज्न जरुरी भएको आंैल्याउनुभयो । उहाँले पुर्खाहरुले संरक्षणगर्दै आएको तिज पर्वलाई जोगाई राख्न अहिलेको पुस्ताको पनि उत्तीकै महत्वपूर्ण भुमिका रहने धारणा राख्नुभयो ।
सहकार्य बचत तथा ऋण सहकारी संस्थालाई आफ्नै सम्झी ढुक्क भएर बचत गर्न सहकारीका अध्यक्ष साथै तिज विशेष कार्यक्रमका सभापति महेन्द्रदेव श्रेष्ठले शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । हाल सहकारीको वासलत ८ करोड ५० लाख रहेको सो अबसरमा जानकारी दिइएको थियो ।
कार्यक्रममा २०७७/०७८ मा तिज विशेष खातामा नियमित बचत गर्ने कमलामाई नगरपालिका ७ पानीट्याङकी निवासी ईन्द्रकुमारी भुजेललाई तीज विशेष नियमित बचत कर्ता विधामा सम्मान गरिएको थियो । तीज विशेष कार्यक्रममा सय भन्दा बढिले पर्व बचतगर्दै आएको बताइएको छ ।












