सिन्धुलीको दुधौली नगरपालिकाको विस्तारित बैठक आज सकिएको छ । नगर अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्वोधनगर्दै नेकपा एमालेलाई तल्लो तहका कार्यकर्तामाझ लोकप्रिय बनाउँदै लैजान स्थानीय नेता कार्यकर्ताहरुलाई आग्रह गरेकाछन् । उनले पार्टीको विधान अधिवेशन र आगामी कार्यदिशावारे चर्चागर्दे सबै नेता कार्यकर्ताहरुलाई जनतामा जोडिन आग्रहसमेत गरेकाछन् । कार्यक्रममा एमाले नेता डम्बर कार्की, धनश्याम राउतलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।











