सिन्धुली: प्रथम जिल्ला खेलकुद महोत्सव २०८१ को तेस्रो दिन तिन बिधाका खेलहरु सञ्चालन भएका छन् । फागुन ८ गतेबाट सञ्चालन भएको खेल महोत्सवको तेस्रो दिन शनिबार क्रिकेट, भलिबल र फुटबल खेलमा विभिन्न पालिका विच प्रतिस्पर्धा भएको हो । जसमा क्रिकेट खेल तर्फ कमलामाई नगरपालिकाले तिनपाटन गाउँपालिका लाई २२ रनले हराउँदै उपाधि जितेको छ ।
पहिलो ब्याटिङ गर्दै कमलामाई नगरपालिकले १० विकेट गुमाउँदै ९६ रनको टार्गेट सेट गरेको थियो । जसलाई पछ्याउँदै आउने क्रममा तिनपाटन गाउँपालिकाले १७ ओभरमा १० विकेट गुमाउँदै ६९ रन मात्र जोड्न सफल भएको छ । यस खेलमा शैलेश कार्की म्यान अफ दि म्याच घोषित भएका छन् । त्यस्तै भलिबलमा पुरुष तर्फ फिक्कल गाउँपालिका र कमलामाई नगरपालिका विच भएको प्रतिस्पर्धामा कमलामाई नगरपालिकाले जित हासिल गरि सेमिफाइनलमा प्रवेश गरेको छ । यसैगरी मरिण गाउँपालिका र घ्याङलेख गाउँपालिका विच भएको प्र्रतिस्पर्धामा मरिण गाउँपालिकालाई पराजित गर्दै घ्याङलेख गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । र गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिका विच भएको प्रतिस्पर्धामा गोलन्जोर गाउँपालिकालाई हराउँदै तीनपाटन गाउँपालिका सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । साथै भलिबलमा महिला तर्फ गोलन्जोर गाउँपालिका र कमलामाई नगरपालिका विचमा प्रतिस्पर्धा भएको थियो ।
जसमा गोलन्जोर गाउँपालिकालाई पराजित पार्दै कमलामाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै मरिण गाउँपालिका र तीनपाटन गाउँपालिका विच भएको प्रतिस्पर्धामा मरिण गाउँपालिकालाई हराउदै तीनपाटन गाउँपालिका सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । यसैगरि फुटबल तर्फ कमलामाई नगरपालिका र मरिण गाउँपालिका विच प्रतिस्पर्धा भएको थियो । जसमा ०–१ को अन्तरले कमलामाई नगरपालिकाले मरिण गाउँपालिकालाई पछि पार्दै कमलामाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । त्यसैगरि हरिहरपुरगढी गाउँपालिका र गोलन्जोर गाउँपालिका विच भएको प्रतिस्पर्धामा ४–५ को अन्तरले हरिहरपुरगढी गाउँपालिकाले गोलन्जोर गाउँपालिकालाई पछि पार्दै हरिहरपुरगढी गाउँपालिका सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
आयोजक टिमका अनुसार भोली कराँते, फुटबलमा पुरुष तर्फ दुधौली नगरपालिका र कमलामाई नगरपालिका साथै हरिहरपुरगढी गाउँपालिका र तीनपाटन गाउँपालिका विच प्रतिस्पर्धा हुने छ भने महिला तर्फ फुटबलमा मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका विच प्रतिस्पर्धा हुने छ । ‘स्वास्थ्यको लागि खेलकुद तथा राष्ट्रका लागि खेलकुद‘ भन्ने नाराका साथ सुरु भएको खेलकुद महोत्सव ८ गते देखि १३ गते सम्म सञ्चालन हुने छ । खेलकुद महोत्सवमा फुटबल, क्रिकेट, कराँते, ब्याडमिन्टन र बक्सिङ लागायतका खेलहरु हुने छन् । जसमा ९ ओटै पालिकाका खेलाडीहरू सहभागी हुनेछन् ।