सिन्धुलीः नेकपा एमाले ध्याङलेख पालिका कमिटीले दुई महिने जराकेन्द्रीत अभियानको आजबाट थालनी गरेको छ । पालिकामा आजा आयोजित एक कार्यक्रमका बीच एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाले अभियानको थालनी गर्नुभएको प्रचार विभाग प्रमुख कर्ण घिसिङले प्रदेशखबरलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार एमालेको ध्याङलेख पालिका कमिटीले सिन्धुली एमालेद्धारा अगाडि बढाएको ’पुराना जगाउँ, नयाँ बढाऊँ’ कार्यक्रम अर्न्तगतका कामहरुलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने आन्तरिक तयारी गरेको छ ।
गएको प्रतिनिधीसभा निर्वाचनमा एमालेका तत्कालिन उमेदवार मनोजजंथ थापाको पक्षमा अत्याधिक मत खसेको ध्याङलेख गाउँपालिकालाई पार्टीले व्यवस्थित ढंगले अभियानको थालनी गर्न लागेको पनि प्रचार विभाग प्रमुख घिसिङले खुलासा गर्नुभयो ।
नेता घिसिङले मरिण, हरिहरपुरगढी, तीनपाटन र दुधौली गाउँपालिकामा यस अगाडिनैं अभियान सञ्चालन भइरहेको बताउनुभयो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य कमलजंग राई, विषमलाल अधिकारी, जिल्ला सचिव नवराज थिंग लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
यसैबीच अभियानकै क्रममा ध्याङलेख गाउँपालिकामा पेशागत महासंघको पालिका कमिटी गठन गरेको महासंघका जिल्ला अध्यक्ष बबिन्द्रलाल माझीले जानकारी दिनुभयो ।