तेश्रो राष्ट्रिय माझी गोल्ड कप फुटबल प्रतियोगिता अन्र्तगत आज बुधबार तीन खेल सम्पन भएको छ । जसमा नुवाकोट र ओखलढुङगा विच भएको खेलमा ओखलढुङगा जित हासिले गरेको छ । सो खेलमा ओखलढुङगाले दुई गोल गर्न सफल भयो भने नुवाकोटले कु्नै गोल गर्न सकेन । त्यसैगरि आजै भएको स्याङजा र मकवानपुर विच भएको खेलमा मकवानपुरले स्याङजालाई पराजित गरेको छ ।
मकवानपुरले दुई गोल गर्न सफल भयो भने स्याङजाले कुनै गोल गर्न सकेन । आजै भएको अर्को खेलमा सिन्धुली वि रामेछापसँग पाराजित भएको छ । रामेछापले दुई गोल गर्न सफल भयो भने सिन्धुली वि ले कुनै गोल गर्न सकेन । तेश्रो राष्ट्रिय माझी गोल्ड कप फुटबल प्रतियोगिता २०८० सिन्धुलीको मरिण बाह्रविसेमा भईरहेको छ ।
