तेस्रो माझी राष्ट्रिय गोल्ड कपको उपाधि सिन्धुलीलाई

सिन्धुली: तेस्रो राष्ट्रिय माझी गोल्ड कपको उपाधि नेपाल माझी सङ्घ सिन्धुली ए ले जितेको छ । मङ्गलवार भएको फाइनल प्रतिस्पर्धामा नेपाल माझी सङ्घ रामेछापलाई हराउँदै नेपाल माझी सङ्घ सिन्धुली ए ले उपाधि कब्जा गरेको हो ।
पहिलो र दोस्रो राष्ट्रिय माझी गोल्ड कपको उपाधि कब्जा गर्दै आएको नेपाल माझी सङ्घ रामेछापले तेस्रो राष्ट्रिय माझी गोल्ड कपमा उपविजेतामा चित्त बुझाएको छ ।
खेलको निर्धारित समयमा नेपाल माझी सङ्घ रामेछापले दुई गोल र नेपाल माझी सङ्घ सिन्धुली ए ले दुई गोल गरेपछि बराबरी गोलमा समय सकिएको थियो । नेपाल माझी सङ्घ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीका अनुसार पेनाल्टी सुट आउटमा नेपाल माझी सङ्घ सिन्धुली ए ले नेपाल माझी सङ्घ रामेछापलाई  ७–६ गोल अन्तरले पराजित गरेको हो ।

May be an image of 6 people, people playing football and people playing soccer

विजेता सँगै नेपाल माझी सङ्घ सिन्धुली ए ले २ लाख ६५ हजार ५५५ रुपैंया नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । नेपाल माझी सङ्घ रामेछापले १ लाख ३२ हजार २२२ रुपैंया नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तेस्रो हुने नेपाल माझी सङ्घ सुनसरीले  ६६ हजार ६६६ नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा चौथो हुने नेपाल माझी सङ्घ सिन्धुपाल्चोकलाई २५ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

May be an image of 7 people and text
May be an image of 1 person, crowd and temple