फिक्कल गाउँपालिकाको आयोजनामा भएको पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि रत्नगंगा माध्यमिक विद्यालय सोखुडिहिटारले हात पारेको छ । ३० स्वर्णका लागि भएको प्रतिस्पर्धामा ११ स्वर्ण ल्याउँदै रंत्नगंगाले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
प्रतिस्पर्धामा ९ स्वर्णसहित फिक्कल माध्यमिक विद्यालय सोल्पा दोस्रो, ४ स्वर्ण सहित सुनकोसी माध्यमिक विद्यालय खाङसाङ तेस्रो र २ स्वर्ण १ रजत सहित माध्यमिक विद्यालय सुम्नाम सुन्तले सान्त्वना भएको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो हुने विद्यालयलाई प्रतियोगिताको समापन कार्यक्रममा शिल्ड, मेडल, कप, प्रमाणपत्र प्रदान गरिने गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिइन् । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा सुनकोसी माध्यमिक विद्यालय खाङसाङले ४ स्वर्ण, ५ रजत, ६ कास्य, फिक्कल माध्यमिक विद्यालय सोल्पाले ९ स्वर्ण, ६ रजत, २ कास्य, महाकाली माध्यमिक विद्यालय पोटीखाङसाङले ४ रजत, २ कास्य, माध्यमिक विद्यालय सालुकेले १ स्वर्ण ३ रजत ३ कास्य, रत्नगंगा माध्यमिक विद्यालय सोखुडिहीटारले ११ स्वर्ण, ५ रजत, ६ कास्य, जनजागृति माध्यमिक विद्यालय विद्यालय ढोडेनीले १ स्वर्ण, १ कास्य, माध्यमिक विद्यालय रातमाटा खोलागाउँले २ रजत, २ कास्य, चण्डिका माध्यमिक विद्यालय चनौटेले १ रजत २ कास्य , माध्यमिक विद्यालय लुम्तिले २ स्वर्ण २ कास्य, माध्यमिक विद्यालय सुम्नाम सुन्तले चण्डिभञ्ज्याङले २ स्वर्ण १ रजत, २ कास्य, माध्यमिक विद्यालय महादेवडाडाले ३ रजत, १ कास्य र प्रकाशोदय माध्यमिक विद्यालय खुरहरीले १ कास्य पदक हात पारेका थिए ।
प्रतियोगितामा एथलेटिक्स तर्फ एक सय, दुई सय, चार सय, पाँच सय, १ हजार ५००, ३ हजार मिटर दौड, रिले दौड, हाई जम्प, लङ जम्प, त्रिपल जम्प, सटफुट, ज्यावलिङ थ्रो खेल खेलाइएको पालिकाले जनाएको छ ।