सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७-०७८ का लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गत बर्ष प्रदेश सरकारले २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो। सोमबारको...
एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा बढ्दो ध्रुवीकरणबीच नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्यको प्रयास सुरु भएको छ । सत्तारुढ गठबन्धनभित्रबाटै एमसीसी अनुमोदनमा समर्थन नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष नेकपा एमालेको साथ खोजेका छन् । त्यसका लागि एमालेले संसद...
हावाहुरीका कारण रुख ढल्दा कञ्चनपुरका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ। आइतबार साँझ आएको हावाहुरीले रुख लडाउँदा विद्युतका तार चुँडिनुका साथै पोलहरु ढलेका छन्।  तार चुँडिने र पोल ढलेकाले वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी नगरपालिका र लालझाडी गाँउपालिकामा विद्युत सेवा...
कैलाली: पूर्वउपप्रधान एवं अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सुदूरपश्चिमका एमाले नेताहरुलाई आज सिस्नुपानी लगाउनु भएको छ । सुदुरपश्चिममा मनाइने विशु पर्व मनाउने क्रममा एमाले ग्रासरुट अभियानका सुदुरपश्चिमका कमाण्डरसमेत रहनुभएका उपाध्यक्ष पौडेलले सिस्नुपानी लगाउनु भएको हो । उपाध्यक्ष पौडेलले...
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सुदूरपश्चिमका नेताहरूले १० बुँदे सहमति लागू नभएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् । शुक्रबार बैठक शुरू भएलगत्तै झपट रावलले सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन हुन नदिइएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए । उपाध्यक्ष भीम रावल...
एमाले उपाध्यक्ष डा. भीम रावलले माधवकुमार नेपालको पछि लाग्नेहरु सकिने घोषणा गर्नुभएको छ । गृहजिल्ला अछाममा आज आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष रावलले माधवले आफ्नो ब्यक्तिगत स्वार्थका लागि पार्टी फुटाएर गएकोले केही समयपछि नै समाप्त हुने ठोकुवा...
नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेश संसदीय दलले एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गर्न पार्टीलाई आग्रह गरेको छ । दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित रेग्मी हालै मात्र एमाले प्रवेश गरेका छन् । एमालेले उनलाई केन्द्रीय...
अत्तरिया: कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलाको सम्पर्कमा आएका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ। सङ्क्रमित महिलाका परिवार २१ र ती महिलासँग सम्पर्कमा रहेका लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका ३१ गरी कूल ५२...
कैलालीको सीमावर्ती भारतीय सहर पलियामा ४६ दिनदेखि क्वारेन्टाइनमा रहेका ४ सय ८० जना नेपालीलाई शुक्रबार स्वदेश ल्याइँदै छ। उनीहरुलाई केही बेरमा धनगढीको गौरीफण्टा नाकाबाट नेपाल ल्याउन लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। गौरीफण्टा नाकामा रहेका सूचना...
बर्दिया: बर्दिया जिल्लाको कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने दुई भारतीय मजदुर भारत फर्किए लगत्तै उनिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कोठियाघाट क्षेत्रलाई शिल गरेर सतर्कता बढाईएको छ । भारतमा गएर कोरोना संक्रमित देखिएका ती दुई जना बस्ने बर्दियाको ठाकुरबाबा...
- Advertisement -

भरखरै प्राप्त