कैलाली र कञ्चनपुरमा कोरोना परिक्षण सुरु, बाग्लुङमा भने अझै भएन

आजवाट सुदुरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा कोराना भाईरसको ¥यापिड टेस्ट सुरु भएको छ । स्वास्थ्य मन्त्रालयवाट गएको टोलीले दुबै जिल्लामा रहेका क्वारेन्टाइनमा राखिएका ब्यक्तिहरुको नमूना संकलन थालेको हो । पहिलो चरणमा कैलालीमा गोदावरी नगरपालिकामा रहेको तेघरी ब्यारेकको क्वारेन्टाईनमा राखिएका २१ जनाको नमूना संकलन गरिएको छ । संकलन गरिएको नमूना सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
टोलीले भारतबाट आएका क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुमा कोरोनाको संक्रमण भए–नभएको पत्ता लगाउन ¥यालको नमूना संकलन गरेको हो । कैलालीको लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकामा -यापिड टेष्ट गर्ने सरकारको योजना छ । छुट्टाछुट्टै रुपमा दुई जिल्लामा खटिएको टोलीले दुईटै जिल्लामा सय–सय जनाको नमूना संकलन गर्नेछ । संकलीत नमूना काठमाडौँ पठाएर पिसिआर मेसिन -यापिड डाइग्नोष्टिक टेस्ट किटबाट परिक्षण गरिनेछ । दुवै जिल्लाको नतिजा एकै आएमा उक्त किटको विश्वसनीयता पुष्टि हुने अपेक्षा गरिएको छ । गत शनिवार सरकारले दुबै जिल्लामा ¥यापिड डायग्नोस्टिक टेष्ट गर्ने र पोजेटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर यकिन गर्ने निर्णय गरेको थियो । दुई जिल्लामा गरेर चार जनामा कोरोना संक्रमण देखिएको छ । तीन जना विदेशवाट आएका ब्यक्ति हुन भने एकजनालाई परिवारका सदस्यवाट कोरोना सरेको हो ।सङ्क्रमण देखिएपछि सरकारले कैलाली र कञ्चनपुरलाई लक्षित गरी करिब तीन सय द्रुत परीक्षण कीटसहित चारजना प्रावधिक खटाएको छ ।।

बाग्लुङमा टेष्ट किट पुगेन

सरकारले -यापिङ टेष्ट गर्ने निर्णय गरेको चार दिन वित्दा पनि बाग्लुङमा अझै किट पुगेको छैन । स्वास्थ्य मन्त्रालयले खटाएको टोली समेत जिल्लाका लागि हिडन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जनस्वास्थ्य अधिकृत सुरज गुरौका अनुसार बुधबार मात्रै टोली काठमाडौंवाट बाग्लुङ पुग्ने जानकारी दिए । बागलुङ जिल्लामा दुई जना कोरोना संक्रमित प्रमाणित भए पछि सरकारले दुत्र गतिमा १ हजार भन्दा बढी बिदेशबाट आएका ब्यक्तिहरूको गाउँमा पुगेर नमुना संकलन गर्ने घोषणा गरेको थियो । बाग्लुङमा अहिलेसम्म कोरोना भाइरस कोभिट १९ बाट दुई जना संक्रमित भएको पुष्टि भए पछि धौलागिरि अन्चल अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ । अहिले भर्ना भएका दुबै जनाको स्वास्थ अबस्था राम्रो भएको अस्पतालले जनाएको छ ।