महाकालीमा पानीकाे बहाव खतराकाे तहमा पुग्ने अनुमान, सर्तक रहन अपील

महाकाली र त्यसका स–साना सहायक नदीमा आइतबार पानीकाे बहाव बढेर खतराकाे तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ।

सतर्कता तह पार गरेर खतराकाे तहमा पानीकाे बहाव पुग्न सक्ने भएकाेले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएकाे छ।

आइतबार बिहानकाे मापन अनुसार महाकाली र यसका सहायक नदीमा पानीकाे बहाव सतर्कता तह आसपास रहेकाे छ। तर दिउँसाेसम्म बहाव बढेर खतराकाे तह पुग्न सक्ने पूर्वानुमान महाशाखाकाे छ। यसैबीच भिमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले महाकाली दली आसपासका बासिन्दालाई सचेत रहन अपील गरेकाछन् ।

यस्तै बिहानकाे मापनमा कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीमा पनि बहाव बढ्दो क्रममा रहेकाे तर सतर्कता तह भन्दा तलै रहेकाे महाशाखाले जानकारी दिएकाे छ। दिउँसाे यी नदीहरुमा पनि बहाव घटबढ हुन सक्ने तर सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ।

यस्तै  कन्काई, कमला, बागमती जलाधारका केही स-साना सहायक नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने अनुमान गरिएकाे छ।