उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश कुमार चुडाल र पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीबिच काज साटफेर भएको थाहा लागेको छ ।
यसअघि अध्ययनका लागि कार्यबोझ कम हुने ठाउँमा गएका चुडाल अध्ययन सकिएसँगै पाटनमा फर्किएका हुन्। उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पुनः पाटन ल्याएका हुन् ।
चुडाल उच्च अदालतका १६० न्यायाधीश मध्ये सबैभन्दा वरिष्ठ हुन् । सर्वोच्चमा रिक्त रहेको दुई न्यायाधीश मध्ये चुडाललाई बढुवा गर्ने तयारी समेत रहेको छ ।
प्रधानमन्त्री केपी ओलीको आग्रहमा सुवेदीलाई पाटन उच्च अदालतमा राखिएको थियो ।