देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका अधिकांश स्थानहरूमा मेघगर्जन, चट्याङ रहावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्।
प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै...
नक्कली स्यानिटाइजर उत्पादन गर्ने एक उद्योगमा आज प्रहरीले छापा मारेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको स्यानिटाइजर बनाउने उद्योगमा छापा मारेको हो। उत्सव डिष्ट्रिलरीका नाममा दर्ता भएको उद्योगले स्यानिटाइजरमा हाल्न नमिल्ने पदार्थ हालेर उत्पादन गर्दै आएको...
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १२ बजेसम्म १३ वटा रिट पेश भएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते विहान प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ लाई मध्यावधि निर्वाचन तोकेकी थिइन्।
यस विरुद्ध सर्वोच्चमा १३ वटा रिट...
नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर आफ्नो दलका सांसदहरुको हस्ताक्षर किर्ते गरिएको भन्दै राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराएको छ । प्रधानमन्त्रीका कानुनी सल्लाहकार समेत रहनुभएका एमाले निर्वाचन विभागका नेता बाबुराम दाहालले केहीबेर अघि शीतलनिवाशमा पत्र दर्ता...
कुनै बेला प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खरो उत्रने नेकपा एमाले नेता योगेश भट्टराई निर्णायक मोडमा ओलीकै पक्षमा उभिएका छन्।
पछिल्लो पटक ओलीको संसद विघटनको निर्णयविरुद्ध माधवकुमार नेपालसँगै सडकमै उत्रिएर आन्दोलनको नेतृत्व गरेका नेता भट्टराई अन्ततः ओलीकै पक्षमा उभिएका हुन्।
नेकपा विवादको...
विपक्षीले नयाँ सरकारको दाबी पेश गरेको दुई घण्टा नबित्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
उनले साँझ ७ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए।
विपक्षीले १४९ सदस्यसहित नयाँ सरकारको दाबी गर्नुपूर्व उनले पनि १५३...
राष्ट्रियसभामा रिक्त सिटका लागि बिहीबार बागमती प्रदेशमा उपनिर्वाचन अन्तर्गत बिहान ९ बजेपछि मतदान सुरु हुने निर्वाचन आयोगले जनाएको छ । प्रदेशको अन्य समूह तर्फ रिक्त सिटका लागि मतदान हुन लागेको हो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा दुई...
सिन्धुली जिल्लामा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ९ पुगेको छ भने कोरोनासँग लडिरहनेको संख्या ७ सय नाघेको छ । स्थानीय प्रशासनले नागरिकहरुलाई अत्याबश्यक काम बाहेक घरमै बस्न भन्दै निषेधाज्ञा जारी गरेको छ र त्यसलाई स्थानीय सञ्चार माध्यम मार्फत प्रसारण...
जोखिमलाई प्रवाह नगरि निरन्तर कोभिड १९ संक्रमित तथा अन्य विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको कामलाई प्रोत्साहन गर्न यहाँको कोशेली डेरी उद्योगले दुध उपलब्ध गराएको छ ।
शनिबार उक्त डेरी उद्योगले सिन्धुली अस्पताल तथा अस्पतालले नै सञ्चालन गरेको कोभिड १९ अस्पतालमा कार्यरत...
सिन्धुली जिल्लामा आज ५ जना नागरिक कोरोनालाई जितेर घर फर्केका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका र तिनपाटन गाउँपालिकाका संक्रमित संख्या ह्वात्तै बढेको छ ।
कमलामाई नगरपालिकामा २ सय १० जना, दुधौली...












